गरिमा विकास बैंकद्धारा विन्ध्यबासिनी मा.वि.लाई कम्युटर प्रदान

पोखरा ।

गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विन्ध्यबासिनी मा.वि., बाटुलेचौरलाई ई–लाईब्रेरी संचालनको लागि ६ थान कम्प्युटर हस्तानतरण गरेको छ ।

बैंकको १३ औं बार्षिकोत्सवको अवसरमा शनिबार एक कार्यक्रमका विच बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विद्यालयका पधानाध्यापक कृष्णप्रसाद आचार्यलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बैंकका अध्यक्ष बरालले समयको माग अनुसार प्रविधिको माध्यमबाट विद्यार्थीहरुले पुस्तक तथा सामाग्रीहरु अध्ययनका लागि आवश्यक कम्प्युटर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य गुरुदत्त भट्टराईले बैंकले आगामी बार्षिकोत्सवहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिई पिछडिएका अन्य विद्यालयहरुलाई समेत सहयोग गर्न अनुरोध गर्दै बैंकको सहयोग प्रति आभार एवं धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकका संचालक कुञ्जराज थापा, पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, विद्यालयका प्र.अ. कृष्णप्रसाद आचार्य, विद्यालयका सल्लाहकार बेनीबहादुर बस्नेत लगायतले आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा बैंकका संचालक संजिव ढकाल, शाखा प्रमुख केश व गुरुङ प्र.अ. कृष्णप्रसाद आचार्य र विद्यालयका शिक्षक सूचना अधिकारी रामबहादुर बानियाँले वैकंको सहयोगले विदालयमा ई–लाईब्रेरी संचालनमा ठुलो सहयोग पुग्ने वताएका थिए ।