हिन्दुराष्ट्र जोगाउन सकिएन भने धार्मिक द्वन्द्व नित्याउने खतराः राप्रपा उम्मेदवार भण्डारी

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोम बहादुर भण्डारीका पक्षमा जनमत सिजर्ना गर्न राप्रपाका शीर्ष नेताहरु कास्कीमा छन् । कास्की क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा राप्रपाका केन्द्रीय सदस्य तथा वरिष्ठ समाजसेवी राष्ट्रवादी नेता भण्डारीलाई उम्मेदवार बनाएइको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा का.वा. अध्यक्ष बुद्धिमान तामा¬ङ देखि पार्टीका वरिष्ठ नेता गणहरु, प्रभावशाली नेताको लागि घरदैलोमा व्यस्त हुनुहुन्छ । घरदैलोमा बोल्दै का.वा. अध्यक्ष वृद्धिमान तामाङले भने हिन्दुराष्ट्र जोगाउन सकिएन भने धार्मिक द्वन्द्व नित्याउने खतरा बढ्दै गएको बताएका छन् । त्यसैले हिन्दुराष्ट्र कायम गर्नका लागि भएपनि नेपालको एकमात्र देशभक्त राष्ट्रवादी पार्टी उम्मेदवार भण्डारीलाई गाई चिन्हमा मतदान गरी जिताउन आग्रह गरेका छन् ।

शनिबार विहानदेखि विभिन्न कार्यक्रममा सहभागी भएर शीर्ष नेताहरुले हिन्दु राष्ट्र, सवैधानिक राजसंस्था, भष्ट्रचार रहित सासन, धर्मको संरक्षणको लागि भएपनि राप्रपालाई जिताउन आग्रह गरेका हुन् । चुनावी घरदैलो अन्तर्गत शनिबार पोखरा वडा नं. २१ का खत्री गाउँ, ज्वारकोट, निर्मलपोखरी, कृष्ती लगायतका ठाउँहरु घरदैलो तथा चुनावी कोण सभा भएको छ । उम्मेदवार भण्डारी कृष्ती पुग्दा स्थानीयले विकास प्रेमी नेता आएको भन्दै यसपाली पार्टी भन्दा माथी उठेर गाईलाई मतदान गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

चुनावी कार्यक्रममा केन्द्र, प्रदेश, नगर, जिल्ला, वडाका नेता तथा कार्यकताको सहभागिता रहेको प्रचार प्रसार संयोजक सूर्य वास्तोलालाले बताए । घरदैलो कार्यक्रम अन्तर्गत आइतबार पोखरा महानगरपालिका वडा नं. ३३ का विभिन्न क्षेत्रहरुमा घरदैलो तथा कोणसभा हुने उक्त सभालाई केन्द्रयि नेताहरुवाट सम्बोधन गर्ने कार्यक्रम रहेके प्रचारप्रसार सह–संयोजक सूवर्णराज पन्तले बताए ।