प्रधानमन्त्रीको राष्ट्रवाद कालापानीमा लम्पसारः देउवा

पोखरा ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा देखिएको बताउनुभएको छ ।

पोखरामा पार्टी निकट कानुन व्यवसायीको संस्थाको बार्षिक साधारणसभा कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसार भएको टिप्पणी गर्नुभयो ।

साथै उहाँले संवैधानिक निकायहरू लाई कठपुतली बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाउनुभयो ।

संवैधानिक परिषद्लाई कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गर्न सरकार लागिपरेको देउवाको भनाइ थियो । सरकारका गलत क्रियाकलापका विरुद्ध सडक र सदनमा संघर्ष चर्काउने देउवाको चेतावनी थियो ।