निर्मलपोखरीबासी भन्छन््, विद्या साझा उम्मेदवार

पोखरा ।

पछिल्लो पटक पोखरामा गाभिएर महानगर बनेको साबिक निर्मलपोखरीमा विकास पूर्वाधारहरु धमाधम बनिरहेका छन् । ३ सरकार निर्माण भएपछि सडक, पुल, विद्यालय लगायतका संरचना बन्ने क्रम तीव्र छ । शुक्रबार मत माग्न पुगेकी नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले स्थानीयको माग सुनिन् । स्थानीयले विद्यालाई साझा उम्मेदवार भन्दै विकास र समृद्धिको अगुवाइ गर्न आग्रह गरे ।

विद्याले करिब ८ दशक पुगेकी लीलामाया भण्डारीले विद्यालाई शुभकामना र आशीर्वाद दिइन् । पुल बनेपछि जीवनशैली फेरिएको उनले सुनाइन् । उम्मेदवार विद्याले रवीन्द्रले सुरुआत गरेको विकास र समृद्धि नेतृत्व परिस्थिति, पार्टीले आफूलाई दिएको उल्लेख गरिन् । उनले भनिन्, ‘अब तपाईहरुको मतले यसलाई अनुमोदन गर्न मात्र बाँकी छ ।’ नेकपाले समृद्धिको खाका तयार गरी काम थालिसकेकाले बाँकी ३ वर्षको जिम्मेवारी सम्हाल्ने अवसर पनि नेकपाले नै पाउने उनले विश्वास व्यक्त गरिन् ।

नेकपा केन्द्रीय सदस्य डा. विन्दा पाण्डेले वौद्धिकता, सालिन र इच्छाशक्तिसहितको उत्कृष्ट उम्मेदवार कास्की २ ले पाएको बताइन् । उनले महिला सशक्तीकरण, युवालाई उद्यमी, पछाडि पारिएका वर्गको उत्थान र समग्र देशकै विकास लागि नेकपाको विकल्प नभएको उल्लेख गरिन् ।

नेकपाले शुक्रबार दम्सादी, अम्बोट, फेदीपाटन, खरच्याङ, रघौचौर, दुवार, ठूलीस्वारा, मैदान, चापको चौर, गिरी गाउँ, थाप्ले, धुर्सेनी, लेवाडे, चिलाउनेखर्क, साम्मी लगायतका स्थानमा घरदैलो गरी मत मागेको छ ।

११ वटै वडामा ¥याली र कोणसभा
नेकपाले महिला परिचालन कमिटीको समन्वयमा शुक्रबार कास्की २ का ११ वटै वडामा ¥याली निकालिएको छ । पोखरा २० को भलाममा भएको कार्यक्रममा नेतृ मनबुजा विश्वकर्माले महिला अधिकार र सहभागिताका लागि नेकपाको विकल्प नभएको बताइन् । कार्यक्रममा नेकपा २०अध्यक्ष भीमप्रसाद बास्तोला, महिला समन्वय उपसमिति संयोजक लक्ष्मी सुवेदी, प्रचारप्रसार उपसमिति २० संयोजक शुशील बस्नेत लगायतले बोले ।

पोखरा १५ मा पनि चुनावी घरदैलो, कोणसभा, मतदाता शिक्षा, लगायतका कार्यक्रम भएका छन् । यहाँ पनि महिलाले ¥याली निकालिएको वडाका चुनावी कमान्डर बखान सिंह तमुले जानकारी दिए । कोणसभामा गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङ, नेकपा प्रदेश कमिटी सदय तेजकुमारी पौडेल, पोखरा १५ का वडा सदस्य पार्वती कार्की लगायतले समतामूलक समाजका लागि नेकपालाई जिताउनुपर्ने बताए ।

पोखरा ११ मा ¥यालीसहित कोणसभा भएको छ । कोणसभामा नेकपा केन्द्रय सदस्य पिएल श्रेष्ठ, प्रदेश सांसद मीना गुरुङ, चुनावी कमान्डर चूडामणि जंगली लगायतले बोलेका थिए ।
पोखरा ४ मा प्रदेश सांसद मित्रकुमारी गुरुङ, सन्तु सुवेदी, चुनावी कमान्डर दामोदर बैरागी, नेता मदनकाजी श्रेष्ठ, महिला परिचालन कमिटी इन्चार्ज इन्द्र अधिकारी लगायतको नेतृत्वमा ¥याली निकालिएको छ ।

महिला परिचालन कमिटी पोखरा १७ को आयोजनामा विरौटाचोकबाट सुरु भएको ¥याली ड्यामसाइड, राष्ट्रबैँकचोक, मुस्ताङचोक, विरौटा, हुँदै छोरेपाटन पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल नेपाल महिला संघका केन्द्रीयय अध्यक्ष अमृता थापा, नेकपा कास्की अध्यक्ष कृष्ण थापा, अनेमसंघका सम्झना तिमिल्सना लगायतले सम्बोधन गरे ।

पोखरा ३३ मा नेकपाले समीक्षा बैठक गरी रणनीति बनाइरहेको प्रचारप्रसार संयोजक टुकराज भण्डारीले जानकारी दिए । पोखरा ७ मा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सीता गिरी वलीले महिलाको भावना बुझ्ने पार्टी भनेको नेकपामात्र भएको दाबी गरिन् । पोखरा ७ की चुनावी कमान्डरसमेत रहेकी उनले महिला, बालबालिका, सुकुम्बासी, दलित, उत्पीडित, जनजाति लगायतलाई समेट्ने र अधिकार दिलाउने पार्टी नेकपामात्र भएको बताइन् । कार्यक्रममा कार्यक्रममा महिला कमिटी संयोजक टीकादेवी अधिकारी, नेकपा जिल्ला सदस्य कमला रानाभाट, नेकपा पोखरा ६ अध्यक्ष नर्मदा कँडेल, प्रभा पन्त, प्रचार संयोजक दीनबन्धु पौडेल लगायतले बोलेका थिए ।

नेकपा निर्वाचन परिचालन कमिटी र महिला परिचालन उपसमितिले पोखरा १६ मा महिला ¥यालीसहित ज्येष्ठ नागरिकको भेला गरेको छ । सभामा प्रदेशसभा सदस्यहरु पुष्पा केसी भण्डारी र मीना गुरुङ र कमला रिमालले देशलाई सक्षम वनाउन सक्षम नेतृत्व नेकपाले मात्र गर्न सक्ने बताए ।

प्रदेश कमिटी सदस्य उदयबहादुर बस्नेत, कृष्णप्रसाद अधिकारी र कुलप्रसाद भट्टराईले गाउँमा व्यस्थित विकासको थालनी र सामाजिक सुरक्षको थालनी गरेको नेकपाले मात्रै समृद्धिको रथ हाक्न सक्नेथ दावी गरे । शनिवार युवा र विद्यार्थीको ¥याली निकालिने र मंसिर ८ र ९ गने उम्मेदवारसहित घरदैलो गरिने नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए ।

उपनिर्वाचनलाई स्वस्थ्य र मितव्ययी बनाउँदै जनताको अभिमत लिने गरी नेकपा सक्रिय रेहेको प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले बताए । शनिबार कास्की २ का ११ वटै वडामा युवा मार्चपास र पोखरा २० भलाममा उम्मेदवारसहित घरदैलो हुने पौडेलले जानकारी दिए ।