खेलकूद पत्रकार मञ्च गण्डकीमा गिरी निर्वा्चित

पोखरा ।

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वा्चित हुनुभएको छ । आगामि ३ बर्षे कार्यकालका लागि गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । गिरीले २४ मत ल्याउँदै प्रत्यासी दीनानाथ बराललाई पराजित गर्नुभएको हो ।

बरालले २३ मत प्राप्त गर्नुभयो । ५१ मतदातामध्ये ४८ जनाले मतदान गरेका थिए । जसमध्ये गिरीलाई २४, बराललाई २३ र १ मत बदर भएको थियो । मञ्चको अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध चयन भएका छन् । उपाध्यक्ष रञ्जन अधिकारी, महासचिवमा विजय नेपाल, सचिवमा राजाराम पौडेल, कोषाध्यक्षमा शशि पौडेल निर्वा्चित भएका छन् ।

त्यस्तै सदस्य खुल्लातर्फ नारायण शाही, उमेश पुन र रोशन अधिकारी, सदस्य समावेशीतर्फ महिलामा कविता घर्तीमगर, आदिवासी जनजातिबाट गीता रानामगर, दलितमा सुशील नेपाली चयन भएको निर्वाचन मण्डलका संयोजक लिला बल्लभ न्यौपानेले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment