पिस पोस्टर प्रतियोगितामा १२ सामुदायीक बिद्यालयको सहभागिता

पोखरा ।

लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा भिमाद २ टेक्रेभञ्ज्याङ स्थित वाल बिकास मा वी मा पिस पोष्टर (चित्रकला) कार्यक्रम सम्पन्न भएको छ । लायन्स अन्र्तराष्ट्रियको बाषर््िाक कार्यक्रम अन्र्तगत भएको प्रतियोगितामा बिभिन्न १२ बिद्यालयका ८ देखी १३ बर्षसम्मका १२ जना छात्र छात्राहरुले प्रतिश्पर्धा गरेका थिए ।

सो प्रतियोगितामा भिमाद नगरपालिका वडा नं. १ र २ स्थित सम्पूर्ण सामुदायीक बिद्यालयहरु क्रमशः वालबिकास मा वि, अरुणोदय मा वी, शिद्धार्थ प्रा वि, बलभद्र नि मा वि, शिद्धार्थ मा वि, ज्ञानज्वोति प्रा वि र रघु मा वि ले सहभागिता जनाएका थिए । त्यसै गरी शिद्ध प्रा वि, किउँ मा वि, जनता प्रा वि, मदरसा गौसिय प्रा वि र शंकर मा वि का छात्र छात्राले सो प्रतियोगितामा सहमागिता जनाएका थिए ।

जर्नी अफ पिस (शान्ति यात्रा) बिषयक प्रतियोगितामा वालबिकास मा वि का छात्रा विन्दु थापा प्रथम, अरुणेदय मा वि का छात्र एकिन थापा द्धित्तिय र शंकर मा वि का छात्र सुशिल थापाले तृत्तिय स्थान प्राप्त गरेका थिए । प्रथम हुनेको चित्र डिष्ट्रिक्टका बिभिन्न क्लबहरुले आयोजना गरेर प्रथम स्थान प्राप्त गरेका प्रतियोगि बिचको प्रतिश्पर्धाका लागि डिष्ट्रिक्टमा पठाईने क्लबका अध्यक्ष अर्जुन सिग्देलले जानकारी दिनुभयो ।

बिद्यार्थीहरुले बनाएको चित्रहरुको मुल्याङकन चित्रकार एवं कार्टुनिष्ट दुर्गा के सीेले गर्नु भएको थियो । बिजयी बिद्यार्थीहरुलाई वालबिकास मा वि का बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ईमान सिं थापा, सोही बिद्यालयका प्र अ राम्जी सिग्देल, क्लबका अध्यक्ष अर्जुन सिग्देल र क्लबका पुर्व अध्यक्ष टंकराज अधिकारी लगायतले बिजयी बिद्यार्थीलाई पुरस्कार र सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोहमा क्लबका पुर्व अध्यक्ष टंकराज अधिकारीले हत्या हिंसा, आतंक अशान्तिबाट बालबालिकालाई पर्न जाने मनोबज्ञानिक असरलाई न्यूनिकरण गर्न र बिश्व शान्तिका लागि सहकार्य गरी अघि बढ्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । यस प्रतियोगिताले बिद्यार्थीहरु बिच लुकेर रहेको अन्र्तनिहित प्रतिभालाई प्रस्फुटनमा महत्वपुर्ण टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा वालबिकास मा वीका प्र अ राम्जी सिग्देलले बालबालिका देखि नै विश्वमा शान्ति फैलाउने खालका सन्देश सिकाउनु आवश्यक रहेको बताउनु भयोे । क्लबका अध्यक्ष अर्जुन सिग्देलकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष रामप्रसाद अधिकारी, क्लबका मेम्वरशिप चेयरपर्सन तिर्थराज सुवेदी, कोषाध्यक्ष दिपेन्द्र चालिसे, सदस्य वि श्रेष्ठ सहभागि बिद्यालयहरुको तर्फबाट बलभद्र नि मा वि का प्र अ तुलसी सिग्देल लगाएतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।