पुम्दीकोटको पर्यटकीय सम्भावना उजागर हुँदै, स्थानीय उत्साहित

पोखरा ।
समुन्द्री सतह देखि १५०० मिटर उचाईमा अवस्थीत पोखरा महानगरपालीका वडा नं. २२ पुम्दीभुम्दीमा पर्ने पुम्दीकोट एक ऐतिहासिक धार्मिक स्थल हो ।

सन् २०२० लाई नेपाल सरकारले ‘पर्यटन वर्ष’को रुपमा मनाउने घोषणा गरेको छ । पर्यटन वर्ष मनाउने घोषणा सँगसँगै त्यसको लागि तयारी पनि तीब्र पारिएको छ।

त्यसमध्येमा पोखरा महानगरपालिका –२२ पुम्दीकोट पनि परेको छ। पर्यटकीय गन्तव्यमा परेपछि स्थानीय उत्साहित भएका छन । पोखराको मुख्यबजार क्षेत्रबाट करिब १३ कलोमिटर दक्षिण पश्चिममा गर्ने पुम्दीकोटलाई पर्यटकीय गन्तव्य बनाउन शिव भगवानको १०८ फिट अग्लो मूर्तिसहितका संरचना निर्माण भइरहेको छ ।

धार्मीक तथा आन्तरीक र बाह्य पर्यटकको गनतव्य बनाउने, युवाहरुलाई पर्यटन व्यवसार्य तर्फ आकर्षित गरी विदेश पलाएन रोक्ने, एतिहासीक सम्पदाको संरक्षण गर्ने स्थानीय उत्पादन र सम्बृद्धीमा जोड दिने , वडा नं. २२ मा रहेका विभिन्न पर्यटकीय स्थलहरु क्रमिक रुपमा विकास गर्ने, स्वरोजगारका अवसरहरुलाई सृजना गरी वेरोजगारी अन्त्य गर्ने लगाएतका उदेश्यहरु रहेको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताएका छन् ।

२०७३ फागुनमा महाशिवपुराण लगाउँदा ६ करोड १८ लाखसहित २० रोपनी जग्गा प्राप्त भएपछि निमार्णको काम अगाडि बढेको उनले जानकारी दिए । महाशिवपुराण सम्पन्न भएपछि अध्यक्ष चन्द्रकान्त बरालकै अध्यक्षतामा १५ समिति गठन गरि मुक्ति निमार्ण समिति र ३ सदस्य अनुगमन समिति गठन गरी काम अगाडी बडाईएको थियो ।

गुरुयोजना तयार गरेर पर्यटकीय गन्तव्य बनाउनुका साथसाथै धार्मिक गन्तव्य बनाउनु पनि आफूहरुको उद्देश्य रहेको उनको भनाई छ । गुरुयोजना अनुसार सबै काम सम्पन्न गर्न ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

पुम्दीकोटको पर्यटकीय सम्भावनालाई उजागर गर्न संरचना निर्माण गर्न लागिएको अध्यक्ष बरालको भनाई छ ।मूर्तिको वरिपरि १ सय ८ शिवलिङ्ग निर्माण गरिनेछ । परिसरमा १ सय ८ स्वर्गद्वारी सिँढी, रुङ्गाटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थल लगायत संरचना निर्माण गरिने उनले जानकारी दिए ।

विश्वशान्ति स्तुपा पुग्ने पर्यटकलाई पुम्दीकोटसम्म पुर्याउने योजना अनुसार पूर्वाधार विकासको कामलाई तिब्रता दिने समितिको लक्ष्य छ । पहिले पोखरा आउने पर्यटकको लागि दृष्याबलोकन स्थलको रुपमा सराङकोट मात्र लगिने गरिन्थ्यो तर अहिले पुम्दीकोट पनि थपिने गरेकोे छ ।

पुम्दीकोटको प्रबद्र्धन गर्न सकेमा अझ उत्कृष्ट दृष्य देख्न सकिने स्थानियको विश्वास छ । प्रबद्र्धनको अभावमा एकाध पर्यटक मात्रै पुग्ने पुम्दीकोटमा एक पटक पुगेका पर्यटक पुन फर्कि फर्कि जाने गरेका छन् । पुम्दीकोट पुग्ने पर्यटकको लागि खाने, बस्ने र आवतजावतको लागि सहज सडक ब्यवस्था भए अझ धेरै पर्यटक पुर्याउन सकिने उनीहरुको ठहर छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment