वडा १५ मा समाजवादी पार्टीको निर्वाचन परिचालन कार्यालय उद्घाटन, पार्टी प्रवेश र घरदैलो कार्यक्रम

पोखरा ।

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार इञ्जिनियर धर्मराज गुरुङलाई बिजयी गराउन पोखरा महानगरपालिका वडा नं. १५ निर्वाचन परिचालन कार्यालय उदघाटन गरिएको छ। उम्मेदवार धर्मराज गुरुङले समाजवादी पार्टीका वडा अध्यक्ष जसबहादुर गुरुङलाई पार्टीको झण्डा र हात चुनाव चिन्ह हात हस्तान्तरण गर्दै कार्यलयको उदघाटन गर्नुभएको हो।

कार्यक्रममा उम्मेदवार गुरुङले मुलुकमा समान कानुन, सुशासन, समृद्धि, सम्मुन्नत समाजवादका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भयो। बेइमानहरुले नेपाल भिख माग्ने बनाए, इमान्दार प्रतिनिधिको खाँचो भएकाले आफू प्रत्यासी बनेको उहाँको दावी थियो ।

समाजवादी पार्टी पोखरा १५ का अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रदेस इन्चार्ज गणेशमान गुरुङ, युवा इन्चार्ज देबीप्रसाद सुवेदी, नेताहरु हुमबहादुर गुरुङ, हेमन्त थापा मगर, श्याममाया पुनले समाजवादी पार्टीले उठान गरेको मुद्धाहरु प्रस्तुत गर्नुहुदै हात चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो । श्याममाया पुनले स्वागत र क्या.नरेश थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा साँस्कृतिक संयोजक पार्वती जिसीले हात चिन्हमा धर्मराज गुरुङलाई भोट हालौं भन्दै गीतमार्फत आग्रह गर्नुभयो ।

यसैबिचमा समाजवादी पार्टीका इमान्दार उम्मेदवारलाई विजयी गराउन कार्यक्रममा बीस बढी वडा नं.१५ का विभिन्न पार्टीबाट समाजवादी पार्टीमा प्रवेश गर्नुभएको थियो। नवप्रवेशीहरुलाई प्रदेश इञ्चार्ज गणेशमान गुरुङले अबिर लगाएर स्वागत र उम्मेदवार गुरुङले खादा लगाएर स्वागत गर्नुभएको थियो।

यसरी नै कार्यक्रम पश्चात वडा नं. १५ को टोल टोलमा नाराका साथ घरदैलो अभियान पनि गरिएको निर्वाचन परिचालन समिति वडा नं. १५ का संयोजक जसबहादुर गुरुङले जानकारी दिनुभयो।