धर्मराज गुरुङलाई जिताउन भुपू सैनिक जुटे

पोखरा ।

कास्की निर्वाचन क्षेत्र २ प्रतिनीधि सभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका भुतपूर्व सैनिक पृष्ठभुमिका ईञ्जिनियर धर्मराज गुरुङलाई जिताउन भूतपूर्व सैनिकहरु जुटेकाछन्।

भूतपूर्व सैनिकहरुको बृहत भेलाले भुपू सैनिक उम्मेदवार डब्लु ओ टु इञ्जिनियर धर्मराज गुरुङ(बिईएम)लाई विजयी गराउन सु.मे.नौबहादुर गुरुङको संयोजकत्व, सुवेदार कुलबहादुर भुजेल सहसंयोजक, इन्स्पेक्टर मानकाजी गुरुङ सचिव रहनुभएको १५१ सदस्यीय इञ्जिनियर धर्मराज गुरुङ जिताऔं भुपू सैनिक अभियान शुरु गरिएको हो। कार्यक्रममा सहभागीहरुले भुपू सैनिकको समस्या समाधान, हक हित, सेवा सुविधाको बारेमा आवाज उठाउन, भुपूका अनुभव र सीपको सम्मानका लागि भूपू कै प्रतिनीधि धर्मराज गुरुङलाई हात चिन्हमा मतदान गर्न सबै जुट्ने घोषणा गरिएको थियो।लाहुरेको शहर पोखराको शानलाई समृद्धितर्फ लम्काउन एक मात्र इमान्दार उम्मेदवार धर्मराज गुरुङ रहेको भन्दै भुपू सैनिकहरु चुनावी अभियानमा जुट्ने भएका हुन।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै प्रमुख अतिथि उम्मेदवार धर्मराज गुरुङले भुपू सैनिकलाई समाज नियम कानुन, समान व्यवहार विभेद अन्त्य, उनीहरुको अनुभव सीप मुलुक समृद्धिमा लगाउने, आफुले भूपूको आवाज प्रतिनीधिसभा बुलन्द गर्ने भएकाले साथ सहयोगको अपेक्षा गर्नुभएको थियो। लाहुरेको शहर पोखराको शानलाई विकसित गर्दै सुशासन र समृद्धिका लागि जुटिरहने उहाँको भनाई थियो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै धर्मराज गुरुङ भूपु लगायत समग्र विभेदमा पारिएका, उत्पिडित वर्ग समुदायको साझा उम्मेदवार भएकाले भूपू सैनिक लगायत सम्पुर्ण एक भई सक्षम, इमान्दार उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो।

कार्यक्रममा ३÷४ जिआरका अध्यक्ष क्या.नरबहादुर गुरुङ, गोर्खाज सहकारीका अध्यक्ष डब्लु ओ टु भुपालजंग कुँवर, ४÷४ जिआरका सुमे हेमबहादुर गुरुङ, आँधिखोला तमु समाजका अध्यक्ष नलबहादुर गुरुङ, पूर्व ब्रिटिस सेनाका तीलबहादुर गुरुङ, बगर तमु समाजका अध्यक्ष अमरबहादुर गुरुङ, नेपाली सेनाका देवीप्रसाद सुवेदी लगायतले शुभकामना व्यक्त गर्दै विगतमा जुनसुकै पार्टीमा भए पनि यस पटक भूतपूर्व सैनिकका कर्मठ उम्मेदवार धर्मराज गुरुङलाई हात चिन्हमा अत्याधिक मतले विजयी गराउन प्रतिवद्धता व्यक्त गरेका थिए।

नेतृ तथा राष्ट्रिय गायक पार्वती जिसी लगायतले चुनावी गीत प्रस्तुत गर्दै धर्मराज गुरुङलाई विजयी गराउन आग्रह गर्नुभएको भने कलाकार दिया गुरुङले नृत्य प्रस्तुत गरेका थिए। भेला आयोजक समितिका संयोजक सुमे नौबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा इन्स्पेक्टर मानकाजी गुरुङले स्वागत र सुवेदार गमबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।