१३औं सागको क्रिकेटमा भारत र पाकिस्तानले नखेल्ने

पोखरा ।

अर्को महिना हुने १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् । टेष्ट मान्यता प्राप्त देशले यू(२३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले क्रिकेटबाट हात झिकेका हुन् ।

अब नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले भने क्रिकेटमा सहभागिता जनाउने छन् । राखेपका अनुसार सागमा समावेश २७ वटै खेलमामा नेपालले मात्रै सहभागिता जनाउने भएको छ । सागमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, साइक्लिन, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, हृयान्डबल, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्वीमिङ, स्वास, टेबलटेनिस, टेनिस, तेक्वान्दो, भलिबल, भारोत्तोलन, रेश्लिङ, उसु, बक्सिङ र प्याराग्लाइडिङ समावेश छन् ।

यता नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दिमिसनको टोली शनिबार पोखरा आइपुग्ने भएको छ । नेपालको साग तयारीका बारेमा जानकारी लिन तथा सम्पूर्ण खेलकुद भेन्यूको निरिक्षण गरि जानकारी लिन टोलीले साग खेल स्थल काठमाडौ र पोखरामा निरिक्षण गर्ने भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम साग सहजिकरण समिति पोखराका सदस्य तेज गुरुङले जानकारी दिएका छन ।

साग तयारी बारे भेली बिहान काठमाडौमा बैठक समेत बस्ने र शनिबार साँझ पोखरा आइपुग्ने उपाध्यक्ष गुरुङले जानकारी दिए । सातै देशका ओलम्पिक प्रतिनिधी र सेफ दिमिसनको टोलीले आइतबार बिहान साग पोखरा स्थानिय सहजिकरण समितीसंग संयूक्त बैठक बसेर सम्पूर्ण जानकारी लिने भएको छ ।

नेपाल भ्रमणमा आएको टोलीले आइतबार साग आयोजना हुने सम्पूर्ण खेल स्थलको निरिक्षण गर्ने समेत उपाध्यक्ष गुरुङले जानकारी दिए । टोली भेन्यू संगै खेलाडी बसोबास गर्ने होटल, यातायत, सुरक्षा लगायत अन्य महत्वपूर्ण व्यवस्थापनको समेत जानकारी लिने र निरिक्षण समेत गर्ने भएको छ ।