श्रमलाई ठूलो सानो भनेर विभाजित गर्नुहुदैन ः विद्या भट्टराई

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताएकी छिन् । शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गर्दै भट्टराईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने बताइन ।

भटटराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाइ व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न अग्रसर भइरहेको बताईन् । यसलाई थप प्रभावकारी बनाउन र श्रमीकहरुलाई थप सवलिकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने उनको भनाई थियो । देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नपर्ने मत उनको थियो ।

जिफन्ट गण्डकीले आयोजना गरेको श्रमिकहरुको भेला कार्यक्रममा नेकपा केन्द्रिय सदस्य द्धय चुडामणि जंगली र श्रीनाथ बराल, जिफन्ट केन्द्रिय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमीकहरुको हक अधिकार र सशक्तिकरणका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले महत्वपूर्ण भुमिका खेल्दै आइरहेको बताए । आगामी दिनमा समेत श्रमिकको भावना र चाहानालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्न सक्ने उनिहरुको धारणा थियो ।