सृजना मा.वि.मा सामाजिक हाजिरीजवाफ

पोखरा ।

पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत यही कात्तिक २२ गते शुक्रबारका दिन विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक ‘सामाजिक हाजिरीजवाफ प्रतियोगिता’ तहगत रूपमा सम्पन्न भएको छ ।

कक्षा २ देखि ८ सम्मका विद्यार्थीहरुबीच सम्पन्न उक्त प्रतियोगितामा आधारभूत तह (कक्षा ६ देखि ८) बाट निलो सदन, रातो सदन र हरियो सदनले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । यसैगरी आधारभूत तह (कक्षा २, ३, ४ र ५) बाट निलो सदन, हरियो सदन र पहेलो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको कुरा विद्यालयका एकेडेमिक डिन इन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

प्रतियोगिताको समापनमा सम्पूर्ण बिजेता विद्यार्थीहरूलाई बधाई दिनुका साथै बिजेताको प्रमाणपत्रद्वारा सम्मान गरिएको कुरा विद्यालयका शिक्षक तथा मिडिया इन्चार्ज विष्णुप्रसाद सुवेदीले जनाएका छन् । उक्त प्रतियोगिताको सञ्चालन विद्यालयका शिक्षक अभिषेक कुँवर र शिवराम पौडेलले गरेका थिए ।