कास्की निर्वाचन कार्यालय नजिकै बम बिस्फोट

पोखरा ।

जिल्ला निर्वाचन कार्यालय कास्कीको नजिकै रहेको टुरिष्ट बसर्पाक भित्र बम बिस्फोट भएको छ । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बसपार्क जिल्ला निर्वाचन कार्यालयबाट मात्र २ सय मिटरमा रहेको छ । उप निर्वाचनका लागि आज कास्कीमा नेकपा, काँग्रेस, विवेकशीललगायतले मनोनयन दर्ता गरिरहेका छन् । त्यसैको बिरोध गर्दै बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।