गण्डकी प्रदेश घुम्ने पर्यटकको संख्या ३३ प्रतिशतले वृद्धि

पोखरा ।

सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा ३३ दशमलव ं३३ प्रतिशतले बढी हो ।

सेप्टेम्बर महिनामा १८ हजार ३५१ पर्यटकले सो प्रदेश भ्रमण गरेका थिए । अक्टोबर पर्यटकीय आगमनका हिसाबले व्यस्त मौसम भएकाले अघिल्लो महिनाको तुलनामा अक्टोबरमा पर्यटकको सङ्ख्या वद्धि भएको बोर्डले जनाएको छ । पर्यटक आगमनको प्रवृत्ति हेर्दा अक्टोबर महिनामा लगभग ५६ प्रतिशत पोखरा विमानस्थलबाट, ३८ प्रतिशत पृथ्वी राजमार्ग भएर गएका छन् ।

यसरी नै गण्डकी प्रदेश भित्रिने पर्यटकमा तेस्रो मुलुकका पर्यटकको हिस्सा ७२ दशमलव दुई प्रतिशतले बढी छ । उक्त अवधिमा १७ हजार ७६२ र भारतबाट छ हजार ७१५ पर्यटक तेस्रो मुलुकबाट आएका छन् । प्रदेशकोे पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीले सङ्कलन गरेको अन्तराष्ट्रिय पर्यटकको तथ्याङ्क हो ।