पोखरामा प्रचण्डले भने, ’यो उपचुनावमा कास्कीले नयाँ मोडल दिनुछ’ ’मर्निङ शोज् द डे भनेजस्तै, यो मनोनयनले नै राम्रोसंग संकेत गरेको छ’

1351976976Prachanda-Comrade-LRO

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पोखरा पुगेर स्व. नेता रविन्द्र अधिकारीलाई सम्झँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार पोखरा पुगेका अध्यक्ष दाहालले पत्रकारसंगको भेटघाटका क्रममा कास्की २ बाट मनोनयन दर्ता गराएकी रविन्द्र पत्नि विद्या भट्टराईलाई बधाई तथा जितको अग्रिम शुभकामना व्यक्त गरेका छन् ।

‘जसरी यो निर्वाचमा बडो गम्भीरताका साथ र दृढताको साथ पनि विजयी अभियानमा सामेल भइसक्नुभएको छ । तपाईहरुको यो मिसन भव्य रुपमा सुरु भइसकेको छ ।’पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने–‘यो मिसन निर्वाचन सकेर परिणाम ननिस्कंदासम्म तपाँईहरु एकढिक्का भएर रातदिन खटेर नयाँ मोडेल हामीले कास्की २ बाट दिनुछ । जसले देशभरि सन्देश जानेछ, नेकपा अझपनि लोकप्रिय भएर जानेछ ।’

अध्यक्ष दाहालले उपनिर्वाचनको बारेमा पार्टी केन्द्रमा गम्भीरतापूर्वक छलफल भएको भन्दै सचिवालयमा बसेर कास्की २ को सदस्यको सन्दर्भमा गम्भीरतापूर्वक विचार गरेर निर्णय भएको बताए । मनोनयन सफल रुपमा भएको भन्दै अध्यक्ष दाहालले भने–‘मर्निङ शोज् द डे भनेजस्तै, यो मनोनयनले नै राम्रोसंग संकेत गरेको छ भन्ने म ठान्छु ।’ बाग्लुङमा बागी उम्मेदवार उठेकोे भन्ने पत्रकारको प्रश्नमा यदी नेकपाको भए भोलि पर्सिसम्म फर्कने उनले विश्वास दिलाए । प्रदेश प्रमुखको विषय आचारसंसिहता र निर्वाचन संग नजोडिएको भन्दै यो विषयमा केन्द्रीत नहुन आग्रह गरे ।

‘झण्डै दुईतिहाई मतसहित अगाडी आइसकेपछि अविलम्ब प्रदेश प्रमुख फेर्नुपथ्र्यो, हाम्रो पार्टी अलि उदार भएका कारणले दुई वर्ष पर्खियो र अहिले गरियो ।’ साथै उनले भारतले जारी गरेको नक्सा नेपालका लागि मान्य नभएको बताए । ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन ।’ उनले भने –‘अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन । मान्य हुन सक्दैन ।’