नौलो घुम्ती नेपालको १८ औँ बार्षिक साधारण सभा सम्पन्न

पोखरा ।

नौलो घुम्ती नेपालको १८ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननिय डा. गिरिधारी शर्मा पौडेलले उद्घाटन गर्दै संस्थाले सामाजिक तथा सामुदायिक विकासका विविध क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामि दिनहरुमा पनि संस्थाका विविध कार्यक्रमहरुको निरन्तरताको शुभकामना ब्यतm गर्नुभयो।

उनले राष्ट्रको विकासका सूचाङ्गहरु माथि प्रकाश पार्दै राष्ट्रको सम्मुनत विकासकालागि गैर सरकारी संस्थाहरुको अहम् भूमिका रहने हुँदा निर्धारित सूचाङ्गहरु प्राप्तीका निम्ति प्रस्तावहरु तयार पारी सम्वन्धित निकायहरुसँग सहकार्य र समन्वय गरी अगाडि बढ्न सकिने वताए । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायबउपरिक्षक राजकुमार के.सी.ले संस्थाले लागुपदार्थ तथा एच.आई.भी. एड्स रोकथामका निम्ति प्रभावकारी कार्य गरेको बताउदै लागु पदार्थ बेचविखन रोकथाम तथा देशमा शान्ति सुरक्षा कायमका निम्ति नागरिक समाज र सामाजिक संघ संस्थाहरुको अहम् भुमिका रहने वताए ।

कार्यक्रममा संस्थामा उत्कृष्ट कार्य सम्पादनगर्ने कर्मचारीहरु कार्यकारी निर्देशक रामशरण सेढाईँ र कार्यक्रम संयोजक ओम कृष्ण गुरुङ्गलाई प्रमुख अतिथिद्धारा प्रशंसा पत्रप्रदानका साथै सामाजिक विकासका विभिन्न क्षेत्रमा अनुकरणीय कार्य गरी राष्ट्रीयस्तरमा सम्मानित भई संस्थाको गरिमा बढाएकोमा संस्थाका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, सल्लाहकार मेजर दिलबहादुर गुरुङ्ग, महासचिव वद्रिविनोद प्रतिकलाई दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष पदमराज पहारी, पश्चिम क्षेत्र एचआईभी एड्स संजालका संयोजक विश्वमोहन गौचन, सल्लाहकार ईन्दिरा बरालले शुभकामना मन्तव्य राखेका थिए भने सुशासनका लागि नागरिक समाजका पुर्व अध्यक्ष तथा पत्रकार पुण्य पौडेलले संस्थाको सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

सो अवसरमा संस्थाका अध्यक्ष खड्गबहादुर रानाभाटले वार्षिक प्रतिवेदन र महासचिव वद्रीविनोद प्रतिकले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मंगल नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष खड्गबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष योगराज पौडेलले, सचिव मिना गुरुङ्गले कार्यक्रम संचालन र दोश्रो सत्रको कार्यक्रम समापन द्धितीय उपाध्यक्ष सुरेन्द्र थापामगरले गरेका थिए ।