पोखराको स्यामसुङ्ग गल्लीमा खुल्यो पालमोश कोटर

पोखरा ।

पोखराको स्यामसुङ्ग गल्लीमा पालमोश कोटर सञ्चालन मा आएको छ । महिला उद्यमी अनुरुप्ता शाहा र श्रिया केशीले संयुक्त लगानीमा पालमोश सञ्चालनमा ल्याएका हुन् ।

काठमाण्डौमा करिब दुई वर्ष अगाडी सञ्चालनमा ल्याएको व्यवसायीलाई पोखरामा पालमोशको रुपमा पहिलो पटक सुरुवात गरेको सञ्चालक अनुरुप्ता शाहाले जानकारी दिनुभयो । महिला तथा युवतीहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको पालमोशमा विषेशत रेडिमेड वयरहरु सारी, कुर्ता, टप्स, लेहेङ्गा तथा कल्चर अनुसार सबै प्रकारका सामान उपलब्ध रहेको सञ्चालक शाहाले जानकारी दिनुभयो ।

पोखराको बजार र मार्केट सुहाउदो रुपमा आफुहरुले व्यवसाय सुरु गरेको शाहाले बताउनु भयो । पालमोशमा दशैं र तिहारलाई मध्यनजर गर्दै ओपनिङ्ग सिजनमा २० प्रतिशत छुट रहेको सञ्चालक मध्यकी श्रिया केशीले जानकारी दिनुभयो ।

सबै खालका वर्गलाई सुहाउदो र मेलखाने गरी आफुहरुले पालमोश पोखरामा सञ्चालनमा ल्याएको शाहाले बताउनुभयो । पछिल्लो समय महिला तथा युवतीहरुमा बढ्दो माग र फस्टाउदो व्यवसायलाई आफुले सञ्चालनमा ल्याएको बताउनुभयो । पोखराको मार्केट अनुसार पालमोश मार्फत आफुले ग्राहकहरुलाई सेवा दिने सञ्चालक शाहा बताउनुहुन्छ ।