पावर लिफ्टीङ्गको उपाधि रानीपौवा स्पोर्टस् सेण्टरका हसन र ज्योतीलाई

पोखरा ।

स्पोर्टस क्यासल प्रा.लि कास्कीले आयोजना गरेको क्लब स्तरिय पावर लिफ्टीङ्ग प्रतियोगिताको उपाधि रानीपौवा स्पोर्टस् सेण्टरका ज्योती थापा हसन गुरुङले जितेका छन । पोखरामा सोमबार सम्पन्न पहिलो संस्करणको पावर लिफ्टीङ्ग प्रतियोगिताको ओभरअलमा महिला तर्फ थापा र पुरुष तर्फ गुरुङले उपाधि जितेकी हुन । उपाधिसँगै थापा र गुरुङले जनही नगद रु २० हजार, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।

त्यस्तै पुरुष तर्फको ७३ केजी तौल समुह सम्ममा पावर जिम तालचोकका सुजन आले प्रथम बन्दै नगद ५ हजार रुपैया, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरे । त्यस्तै द्धित्तिय बनेका रानीपौवा स्पोर्टस् सेण्टरका आशिश गुरुङ र तृतीय बनेका दि जायन्ट फिटनेशका निरज केसीले मेडल, प्रमाणपत्र सहित क्रमश ३ हजार र २ हजार हात पारे ।

८९ केजी तौल समुह सम्म तर्फ रानीपौवा स्पोर्टस् सेण्टरका हसन गुरुङ च्याम्पियन बन्दै नगद ५ हजार रुपैया, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरे । त्यस्तै द्धित्तिय बनेका पावर जिमका राजेश सुवल र तृतीय बनेका दि जायन्ट फिटनेशका राजेन छन्त्यालले मेडल, प्रमाणपत्र सहित क्रमश ३ हजार र २ हजार हात पारे ।

त्यसैगरी १०२ केजी तौल समुह तर्फ पावर जिमका आशिश आले मगर बिजेता बन्दै नगद ५ हजार रुपैया, ट्रफी, मेडल तथा प्रमाण पत्रको हकदार बने । द्धित्तिय बनेका सोही जिमकै सुवर्ण बिक र तृतीय बनेका रत्नश्री जिमका राजन श्रेष्ठले मेडल, प्रमाणपत्र सहित क्रमश ३ हजार र २ हजार हात पारे ।

म्हिला महिला तर्फको ६४ केजी सम्म तौल समुहमा रानीपौवा स्पोर्टस् सेण्टरका ज्योती थापा बिजेता बन्दै नगद ५ हजार रुपैया, ट्रफी, मेडल तथा प्रमाण पत्रको हकदार बनिन । त्यस्तै द्धित्तिय बनेकी सोही जिमकै टिना पुन र तृतीय बनेकी ब्यायामशालाकी पूनम बोम्जनले मेडल, प्रमाणपत्र सहित क्रमश ३ हजार र २ हजार हात पारिन ।

त्यस्तै ६४ केजी बढी तौल समुह तर्फ पावर जिम तालचोककी सिमा गुरुङ बिजेता बन्दै नगद ५ हजार रुपैया, ट्रफी, मेडल तथा प्रमाण पत्रको हकदार बनिन । त्यस्तै द्धित्तिय बनेकी सोही पावर जिम शिवचोचककी दिवा राना र तृतीय बनेकी रानीपौवा स्पोर्टस् सेण्टरकी मनिशा श्रेष्ठले मेडल, प्रमाणपत्र सहित क्रमश ३ हजार र २ हजार हात पारिन ।
प्रतियोगिताबाट पुरुष तर्फ सर्बाधिक डेडलिफ्ट गर्दै पावर जिमका आशिश आले मगर, स्क्वायटमा सर्बाधिक लिफ्ट गर्दै दि जायन्ट फिटनेशका राजेन छन्त्याल र बेन्चप्रेसमा सर्बाधिक लिफ्ट गर्दै पावर जिम तालचोकका राजेश सुवल पुरस्कृत बने ।

त्यस्तै महिला तर्फ सर्बाधिक डेडलिफ्ट गर्दै पावर जिम शिभचोककी दिवा राना, स्क्वायट र बेन्चप्रेसमा सर्बाधिक लिफ्ट गर्दै रानीपौवा स्पोर्टस् सेण्टरकी ज्योती थापा पुरस्कृत बनिन । प्रतियोगितामा मुख्य निर्णायक संजय महर्जनको संयोजकत्वमा रहेको १७ सदस्यीय निर्णायक टोली रहेका थिए ।

बिजेता तथा उपबिजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, लोकतान्त्रिक खेलकुदका केन्द्रीय अध्यक्ष देबेन्द्र शेरचन, बगर भाईखलकका अध्यक्ष दिलकाजी गुरुङ, वडिविल्डिङ सँघ कास्कीका अध्यक्ष राजु कुमार थापा, क्यासलका सञ्चालक ईश्वर गुरुङ, बिजया गुरुङ, चन्द्रमान गुरुङ, अनमोल पालिखे र पवन गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए ।

कास्की जिल्ला भारात्तोलन सँघको प्राबिधिक सहयोगमा सम्पन्न उक्त प्रतियोगितामा हास्यकलाकार दिपक थापा मगर लगायतले बिबिध साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।