गीता शान्तिमार्ग महिला समूहको अधिवेशन सम्पन्न, अध्यक्षमा ईशु ।

पोखरा ।

पोखरा १० रामघाट स्थित गिताशान्ति मार्ग महिला समूहको आठौ साधारण सभा तथा चौथो अधिवेसन सम्पन्न भयो । यस अधिवेसनबाट २ बर्ष का लागि अध्यक्षमा ईशु गौतम सर्वसम्मत चयन भईन ।

यसैगरी उपाध्यक्षमा शान्ति सुवेदी , सचिवमा मन्जु भण्डारी , सहसचिवबमा सबिता गिरी कोषाध्यक्षमा मन्धरा गौतम,सहकोषाध्यक्षमा बिन्दा के.सी सर्वसम्मत चयन भए । त्यसैगरि सदस्यहरुमा तीला सुवेदी, शान्ता गौतम ,दुर्गा गौतम, सुभद्रा भुजेल ,देवी गिरी,सरस्वती गौतम ,जमुना बराल, ईन्दु गौतम र मिरा गौतम चयन भएका छन । त्यसै गरि आन्तरिक लेखा अनुगमन समिति पनि गठन भएको छ जस अन्र्तगत संयोजक , नानीमाया गौतम, सदस्यमा मिना गिरी , र पार्वती गौतमलाई चयन गरिएको छ ।

कार्यक्रममा एस.ई.ई. परिक्षामा उत्रिण सदस्यहरुका छोरा छोरीहरुलाई सम्मान गरिएको थियो । साथै संस्थाका २०७४—०७६ कार्यकालमा बिभिन्न उपसमितिमा रहेर संस्थालाई योगदान दिने कार्यक्रम संयोजकहरुलाई समेत सम्मान गरिएको थियो । पोखरा उपमहानगरपालिका वडा नं १० का वडासदस्य दिपक बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।

उद्धघाटन पछि बोल्दै प्रमुख अतिथि थापाले संस्थाका दिदीबहिनीहरुले संस्थालाई असल सामाजिक संस्थाका रुपमा अगाडी बढाएकोेमा खुशी ब्यक्त गरेका थिए । उनले महिलाहरु को हातमा समाज परिर्वतनको सांचो रहेको बताए । साथै थापाले यस महिला समूहले समाज रुपान्तरणका लागि उल्लेख्य योगदान पुर्याएकोमा खुशी ब्यक्त गरे ।

कार्यक्रममा वडा नं १० की वडा सदस्य निशा मल्ल ठकुरी,संस्थापक अध्यक्ष निर्मला कार्की भण्डारी ,गिताञ्जली साहित्य प्रतिष्ठानका अध्यक्ष शिव प्रसाद गौतम, रामघाट महिला समूहकी अध्यक्ष अनिता तिमिल्सीना, गौतम बुद्ध महिला समूहकी अध्यक्ष खगीसरा पहारी लगायतले बालेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष ईशु गौतमले राखेकी थिईन । संस्थाको आर्थिक हिसाब किताव संस्थाकी कोषाध्यक्ष मन्धरा गौतमले प्रस्तुत गरेकी थिईन भने संस्थाका बार्षिक गतिबिधि सहित प्रगती प्रतिवेदन सचिव सान्ति सुवेदीले प्रस्तुत गरेकी थिईन ।

पोखरा १० बुद्धचोक स्थित सत्कार पार्टी प्यालेसमा आयोजना गरिएको साधारण सभा तथा अधिवेशनको अध्यक्षता संस्थाकी अध्यक्ष म माया दुवाडीको अध्यक्षतामा संम्पन्न भएको थियो भने कार्यक्रम सस्थाकी सचिव शान्ति सुवेदीले संचालन गरेकी थिईन ।