बैचारिक कार्यक्रममा सभापति कोइरालाको जोड

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नेकपा कास्कीका जिल्ला सह इन्चार्ज सारदा सुवेदीले देश बर्वाद काग्रेस बनाएको बताउनुभएको छ । सोमबार पोखरा महानगरवडानं २७मा वडा कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे नेता सुवेदीले सो कुरा बताउनुभएको हो ।

अहिलेको सरकारले बेथिति, भ्रष्टचार रोक्न कदम चाल्ने वित्तिकै काग्रेस संग ठोक्कीने गरेको बताउनु भयो । काग्रेसको बदमासीको कारण देश धारासायी बनेको भन्दै देश बनाउनको लागि कम्युनिष्टनै चाहिने उहाँको भनाई थियो ।

उहाँले पृथ्वीनारायण शाहले नेपाललाई एकिकरण गरेर महत्वपुर्ण भुमिका खेलेझै अहिले देशमा दुई ठुला कम्युनिष्ट पार्टी एकिकृत भएर ठुलो पार्टी बन्नु त्यतिकै महत्वपुर्ण रहेको बताउनुभयो । पार्टी बलियो पनि टोलबाटै हुने र कमजोर पनि टोल बाटै हुने हुदा पार्टी बलियो बनाउन टोल टोल र घर घरमा पुगेर जनता संग जोडिन नेता सुवेदीले वडा कमिटीलाई निर्देशन दिनुभयो ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं सोही क्षेत्रका सांसद दीपक कोइराला (रुपक)ले कम्युनिष्ट कम्जोर हुदा देश कमजोर हुने भन्दै पार्टीको विचार अनुसार अगाडि बड्न निर्देशन दिनु भएको छ । दुई छुट्टा छुट्टै स्कुलबाट आएका तर विचार एउटै भएका कम्युनिष्टहरुमा बैचारिक कार्यक्रमको आबश्यकता औलाउनुभयो ।

कम्युनिष्टहरु चुनाव जित्नलाई मात्रै नभएर देशलाई समाजबाद तर्फ लैजान एक भएको उहाँको भनाई थियो । उहाँले पार्टी सदस्यले सरकारले गरेका राम्रोकामको प्रचार गर्नुपर्ने भन्दै जनताको जिवन स्तर माथी उठाउनको लागि कृषि उत्पादनमा जोड दिनुभयो ।

सरकारले उत्पादन बढाउनको लागि कृषक मुखी कार्यक्रम लिएर आएको जनाउदै धेरै खेती गर्न सम्भव नभएपनि कौसी खेती गरेर आफुलाई चाहिने कागती र खुर्सानी मा मात्रै भएपनि आत्मनिर्भर हुन आग्रह गर्नु भयो । नेकपाका नेता विश्वप्रकाश लामिछानेले गुट उपगुट र फुटबाट मुक्तहुदै पार्टीलाई एक ढिक्का बनाएर अब ५०औ बर्ष सम्म पनि कम्युनिष्ट पार्टीलाई कुनै पार्टीले जित्न नसक्ने बनाउनु पर्ने बताउनुभयो । वडा कमिटी पार्टी जग भएको लामिछानेको भनाई थियो ।

नेकपाका नेता हरि त्रिपाठी, नेकपा वडानं २७का वडाध्यक्ष सुर्यमणि लामिछाने, सचिव रामप्रसाद तिमिल्सना लगायतले पार्टीलाई तल्लो तहबाटै बलियो बनाएर जानुपर्नेमा जोड दिनुभएको थियो । ४५ जना वडा कमिटी मध्य आज ४३ जना सदस्यहरुलाई आज कास्कीका सह इन्चार्ज सारदा सुवेदीले सपथ ग्रहण गराउनुभयो । अध्यक्ष सुर्यमणि लामिछाने र सचिव रामप्रसाद तिमिल्सनालाई यस अगाडिनै जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष कृष्ण थापाले सपथ ग्रहण गराउनु भएको थियो ।