सहाराका जुनियर खेलाडीलाइ प्रदेश सरकारले सहयोग गर्ने

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक हस्तक्षेपबाट मुक्त संघसंस्थामा राम्रो काम भैरहेको बताएका छन । नेपालमा राजनीतिक भागभण्डाकै कारण धेरै सँस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनीतिक हस्पक्षेप मुक्त संस्थाहरुले तुलानात्मक रुपमा राम्रो भएको आफुले पाएको बताए ।

सहारा क्लबको ११ आंै अधिवेशनको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले हिमालयन आँखा अस्पताल, एसओएस बालग्राम र सहारा क्लब पोखरा राम्रो काम गर्ने सस्थाहरु भएको उदाहरण दिए ।

‘यी सँस्थाहरुले सरकारबाट हालसम्म अनुदान पाएका छैनन् तर विभिन्न क्षेत्रबाट रकम जम्मा गरेर उदाहरणीय काम गरिरहेका छन’ उनले भने ‘यस्ता सँस्थाहरुलाई प्रदेश सरकारले सधै प्रोत्साहन गर्छ र आवश्यक सहयोग गर्छ ।’

हिमालयन आँखा अस्पताललाई ५० लाख, एसओएस बालग्रामलाई एक करोड सहयोग गरिएको समेत उनले जानकारी दिए । सहारा एकेडेमी पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने बार्षिक खर्च २० देखि ३० लाख खर्च प्रदेशले व्यहोर्ने समेत पनि मुख्यमन्त्रीले घोषणा गरे ।

अझै पनि देश निर्वाहमुखी र गुजरामुखी अवास्थामा रहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले सवै मिलेर यस्ता अवास्थालाई माथि उठाउनुपर्ने आवश्यकता औल्याए । मुख्यमन्त्रीले राम्रो काम गर्ने संघसस्थाले प्रदेशले अनुदान दिने योजना प्रदेशको रहेको समेत सुनाए ।