बजेटका कारणले पोखरा रंगशालाको काम रोकिदैँन् : बिश्वकर्मा

पोखरा

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले साग लक्षित निर्माणाधिन कुनै पनि पूर्वाधारका काम बजेटका कारण नरोकिने बताएका छन् । स्थलगत अवलोकनका लागि पोखरा आएका मन्त्री बिश्वकर्माले आईतबार पत्रकार सम्मेलनमा बोल्दै पूर्वाधारका काम बजेटको कारणले नरोकिने बताएका हुन । उनले नजिकिदै गरेको साग लक्षित पूर्वाधार सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग मिलेको बताउदै आर्थिक पाटोबाट नरोकिने बिश्वास दिलाए । 

‘कामको प्रगतिको आधारमा रकम निकासा गरेर तिब्र गतिमा काम गर्नुस, उनले भने, बजेटका कारणले हाम्रा पूर्वाधारका काम रोकिनेछैन ।’ उनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउन ७८ दिन बाँकि रहेको भन्दै पुर्वाधार निर्माणमा लागेका कम्पनीहरुलाई तिब्र रुपमा काम गर्न आग्रह गरे । मन्त्री बिश्वकर्माले देशको प्रतिष्ठासँग जोडिएको महत्वको प्रतियोगिता भएको उल्लेख गर्दै युवा तथा खेलकुद मन्त्रालय र राखेप व्यवस्थापकिय पक्षबाट केन्द्रित भएर लागेको बताए । 

उनले साग लक्षित निर्माणाधिन पूर्वाधारहरु समयमै सक्नुपर्ने चुनौती बिद्यमान रहेको बताउदै समस्याको समाधान र सहजिकरण गर्न अनुगमनमा आएको बताए । मन्त्री बिश्वकर्माले भने, ‘पछिल्लो समय कामको प्रगति र केही समस्या भए देखी त्यसको गाँठो फुकाउनका लािग र सहजीकरण गर्न रङ्गशालामा छौ ।’ उनले अनुगमन पश्चात काम तिब्र गतिमा र सन्तोषजनक भैरहेको बताए । उनले बिभिन्न खेलसँघ सम्बद्ध अगुवाहरुले पूर्वाधार निर्माणमा सहजिकरण गरेको भन्दै धन्यवाद ब्यक्त गरे । ‘सरकारी बजेट निकास गर्ने यो प्रक्रिया कहिलेकाही ढिदो हुन पुग्छ, उनले भने, ‘त्यस्तो अवस्थामा पनि जोखिम मोलेर आफै लगानी गरी काम गर्नुभएको छ । यसले सम्बन्धित सबैको ध्यानार्काषण भएको छ ।’ 

मन्त्री बिश्वकर्माले कात्तिक १५ को मितिलाई बोर्डर लाईनको रुपमा लिएको बताउदै कामको प्रगति विवरण अनुसार समय अगावै सकिनेमा बिश्वास ब्यक्त गरे । उनले गत २६ गते बसेको मन्त्री परिषदको बैठकले १३ औं साग आयोजना व्यवस्थापन सञ्चालनका लागि कार्य्विधी पारित गरेको बताए । ‘अब ७८ दिन बाँकी छ, उनले भने, ‘काउनडाउनका हिसाबले नै हाम्रो काम तिब्र गतिमा हुन्छ ।’ 

उनले अब बस्ने बैठकबाट कार्य्विधीको प्रावधान अनुसार पोखराका लागि स्थानिय व्यवस्थापन सहजीकरण समितिमा खेलकुद क्षेत्रकै ब्यक्तित्वहरुलाई चयन गरिने बताए । मन्त्री बिश्वकर्माले फरक प्रसंगमा क्षेत्रीय खेलकुद बिकास समिति र जिल्ला कार्यसमितिमा रित्त रहेको पदलाई छिट्टै पुर्ती गर्ने समेत बताएका थिए ।