उपनिर्वाचन जनमतसंग्रह हो : मिश्र

पोखरा

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवारको रुपमा चुनाव नलड्ने जनाएका हुन् । साझा पार्टी गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा मिश्रले उक्त कुरा वताएका हुन् । 

आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले कास्की क्षेत्र नं. २को उपनिर्वाचन सामान्य मतदान मात्र नभएर जनमतसंग्रह भएको बताएका छन् । उनका अनुसार कास्कीको निर्वाचनमा कास्कीकै उम्मेदवार बन्ने जानकारी गराएका थिए । तँपाईहरु गणतन्त्र,धर्म्निरपेक्षता,संघियता मान्नुहुन्छ कि हुँदैन भन्ने संचारकर्मीहरुको प्रश्नमा उनले भने –

‘संविधान भनेको परिवर्त्निय वस्तु भएको हुनाले केहि नमिलेका चिजहरुलाई शंसोधन गरेर मिलाउन सकिने तर अहिलेको देशको संविधानलाई नै मुलमर्म मानेर हामी अगाडी वढ्ने छौँ । अहिले कै व्यवस्थामा रहेर देशलाई बिकासको बाटोमा लैजानको निम्ति केस्ले रोकेको छ ? 

अहिले व्यवस्था फेर्ने भन्दा पनि यहि संविधानमा टेकेर देशलाई विकासको बाटोमा अगाडी लैजान हामी लागि परिरहेका छौँ । ’ मिश्रले आँफुहरु पार्टी गठन प्रक्रियाको सुरुवातबाटै निर्वाचनमा सहभागिता जनाउनु पर्ने भएकाले संगठनमा विशेष ध्यान दिन नसकेको बताए । उनका अनुसार साझापार्टीले हालसम्म देशभर ६ वटा प्रदेशमा प्रदेश स्तरिय संरचनाको निर्माण गरिसकेको बताए । 

उनका अनुसार ति सबै प्रदेशहरुमा जिल्ला ,नगर र गाउँपालिका समिति घोषणाको काम पनि चलिरहेको जानकारी दिएका थिए । साझा पार्टीलाई निर्वाचनमा जनताले विजय गराए भने ‘राईट टु रिकल’ र ‘नो भोट’ को व्यवस्थासमेत गर्ने बताएका थिए । शनिवार मात्र कास्कीको जिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गरेको साझा पार्टीले रजनी केसीलाई उपनिर्वाचनको उम्मेदबार वनाउने चर्चा पनि चलिरहेको छ ।