टेक्निसियन घाईते चौधरीलाई बाबुको स्मृतिमा बरालको सहयोग

पोखरा ।

मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाइते भएका धनगढीका टेक्निसियन ५३ बर्षीय प्रेम चौधरीलाई पोखरा २२, पुम्दी—भुम्दी निवासि दीननाथ बरालले आफ्ना बाबु टेकनाथ बरालको स्मृतिमा सहयोग गरेका छन्।

सोरश्राद्धको अवसर पारि आफ्नो बाबुको स्मृतिमा बरालले घाईते चौधरीलाई काभ्रेको साँघा स्थित स्पाइनल इन्जोरी रिकोभरी सेन्टरमा पुगेर शुक्रबार १० हजार नगद सहयोग गरेका हुन्। काठमाण्डौंबाट पोखरा आउने क्रममा चौधरी धादिङको गजुरीमा मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाइते भएकाछन्। बराल नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार हुन्।

नेपालका अधिकाशं मिनिरल वाटर कम्पनीहरुमा टेक्निसियनको रुपमा काम गर्दै आएका घाइते चौधरीको उपचारमा थोरै सहयोग पुग्ने उद्धेश्यले आफ्नो क्षेत्रबाट सानो सहयोगको प्रयास गरेको उनले जनाए । घाइते चौधरीको मेरुदण्ड भाचिएकोले हाल उनको कम्मरमुनिको भाग चल्न नसक्दा उनको रेखदेख गर्न श्रीमती सोनिया चौधरी, छोरा, छोरी तथा उनका आफन्त एवं शुभेच्छुकहरु अहोरात्र खटिदै आएका छन्।

चितवनको चितवन मेडिकल कलेज, काठमाण्डौंको ओम हस्पिटल हुदै उनको हाल काभ्रेको स्पाइनलमा उपचार भई रहेको छ । आफन्त, शुभेच्छुक तथा विभिन्न व्यक्तिहरुसंगको सहयोगले बाबुको उपचार गराउदै आएको घाइते चौधरीका जेठा छोरा मानबहादुर चौधरीले बताए । उनका अनुसार बाबुको उपचारमा हालसम्म करिब ९ लाख बढी खर्च भएको छ । श्रीमती र कान्छो छोरालाई बसमा पोखरा पठाएर आफु मोटरसाइकलमा पोखरा हिडेका चौधरी दुर्घटनामा परी घाइते भए भएका थिए ।

साउन २७ गते मोटरसाइकल दुर्घटना भई घाइते भएका चौधरीलाई स्प्रिङ ले र पि.आर. नेश्नलप्लाष्टका हरि बहादुर थापा, श्याँमकृष्ण थापा, दिल बहादुर भुजेल, राजु कार्की, केपी आचार्य, वुना खड्का, वसन्त भण्डारीले विभिन्न हस्पिटलमा उपचार गराउन सहयोग गर्दै आएकाछन्। घाइते चौधरीका बहिनि पार्वती चौधरी, मामा लक्ष्यराम चौधरी, बाबुका मितछोरा पुष्कर चौधरीले लगयातले सहयोग गरेको कान्छो छोरा सुनिल चौधरीले बताए ।

स्पाइनल इन्जोरी रिकोभरी सेन्टरका मेडिकल अपिसर डा.रामप्रकाश शाहले घाइते चौधरीको चार ठाउँमा मेरुदण्ड भाचिएको र ब्रेन इन्जुरी समेत भएकोले गर्दा उनको लामो समयसम्म उपचार गर्नुपर्ने अबस्था रहेको बताए । घाइते चौधरीको दाइने हातका केही हौला हल्का चले पनि कम्मर मुनि र दुबै खुट्टा भने हाल चल्न नसक्ने अबस्थामा रहेको डा. शाहले बताए ।

उनले भने “ हामीले जति सक्दो छिटो उहाँको उपचार राम्रो होस भनेर लागि राखेका छौं, उहाँले हाल दिशा पिसाव गर्दा थाहा पाउनु हुदैन तर हामीले जति सक्दो छिटो कम्तिमा दिशा पिसाप आउदा थापा पाउने गरी उपचारमा लागेका छौं । ” हाल दैनिक जसो पिजियोथेरापि गर्नुका साथै वेडका कारण केही भागमा घाउँ भएकोले गर्दा ड्रेसिङ गर्नु परेको डा.शाहले जनाए ।