यातायात क्षेत्रको सवाललाई समाधान गर्न तयार

पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रको सवाललाई समाधान गर्न आफु पुर्ण रुपमा तयार रहेको बताएका छन ।

पूर्व मन्त्री समेत रहेका अधिकारीले व्यवसायीहरुको संस्थाहरु कम्पनीमा रुपान्तरण भए पछि उत्पन्न उत्पन्न अन्यौलतालाई हल गर्नको लागि कार्यदल बनाएर काम थाल्न सुझाव दिएका छन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले पोखरेली टयाक्सी सेवा प्रालि र स्थानीय यातायात प्रालिका नव निर्वाचित पदाधिकारी र सञ्चालक समितिको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेता अधिकारीले यातायात क्षेत्रको सवाललाई संविधानले समेटेको विषयलाई आधार मानेर काम गर्न आग्रह समेत गरे । उनले यातायात क्षेत्रको कानुन निर्माणको लागि सहयोगी भूमिका निर्वाह गर्न आफु तयार रहेको धारणा राखे ।

नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले सार्वजनिक सवारीहरुको भाडा समायोजन गर्नको लागि पहल गर्ने बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा चल्ने सवारी साधन स्तरीय हुनु पर्ने उल्लेख गर्दै अध्यक्ष थापाले सडक पूर्वाधारलाई समेत स्तरीय बनाउनको लागि ध्यान दिने धारणा राखे ।

पोखरेली टयाक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले कम्पनी रजिष्टारको कार्यालय प्रदेशका नहँुदा व्यवसायीहरु शेयर नामसारी गर्न काठमाण्डौ जानु परेको दुखेसो राखे ।

कार्यक्रममा स्थानीय यातायात प्रालिका सञ्चालक रामचन्द्र लामिछाने, नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्री, यातायात स्वतन्त्र मजदुर संगठनक गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर खत्रीक्षेत्री, सचिव नारायण रिमाल, यातायात स्वतन्त्र मजदुर संगठन पोखरा महानगर कमिटीका अध्यक्ष रामचन्द्र सुवेदी लगायतले मन्तव्य राखेका थिए ।