तनहुँमा आइतबार मृत चितुवा फेला

पोखरा ।
तनहुँमा आइतबार मृत अवस्थामा चितुवा भेटिएको छ । भानु नगरपालिकाको वडा नं। २ र वडा नं। ३ को सिमानामा पर्ने देउराली सामुदायिक वनमा भेटीएको चितुवाले भानुको २, ३ र ४ नम्बर वडा क्षेत्रमा आक्रमण गरी तीन जना बालबालिकाको ज्यान लिने चितुवानै मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय तनहुँका डिभिजन वन अधिकृत केदार बरालले बताए ।

चितुवाको गतिवधि नियाल्नका लागि प्रयोग गरिएको फोटो ट्रयापमा कैद भएको तस्विर र मृत अवस्थामा भेटिएको चितुवाको रङ्ग, आकार, शारिरीक बनावोट हेर्दा एकै प्रकारको भेटिएको हुँदा सोही चितुवा भएको डिभिजन वन अधिकृत बरालको दाबी छ ।

डिभिजन वन अधिकृत बरालले भने, मृत चितुवाको अवस्था हेर्दा करिब १५र१६ वर्ष उमेर समुहको भएको र वृद्ध हुँदै गएकाले प्राकृतिक रुपमा जंगलमा शिकार गर्न नसक्दा मानव बस्तिमा आई आफु भन्दा कम्जोर अवस्थाका घरपालुवा जनवारका साथै बालबालिकालाई आक्रमण गरी ज्यान समेत लिने गरेको जस्तो देखिन्छ ।

जिल्लाको भानु नगरपालिकाका २, ३ र ४ नम्बर वडा क्षेत्रमा चितुवा घरघरमै आई मानिसहरुलाई आक्रमण गरी ज्यानै लिन थाले पछि स्थानीय बासिन्दा त्रसित र आतंकित बन्दै जानुका साथै वन्यजन्तु चितुवा र मानिस बीच द्वन्द्व चर्किदै गएको थियो ।

चितुवा बिहान, साँझ रातको समयमा घरघरमै आई मानिसहरुलाई आक्रण गर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै आतंकित भएका थिए । चितुवाको आक्रमण बढ्दै गएपछि स्थानीय बासिन्दा साँझ पाँच बजेदेखि नै घरभित्र बस्न बाध्य भएका थिए ।

करिब १० महिनाको अबधिमा चितुवाले आक्रमण गर्दा यी वडा क्षेत्रमा तीन जना बालबालिकाले ज्यान गुमाई सकेका थिए भने एक जना बालिका घाइते भएकी थिइन् । यसरी तीन जनाको ज्यानै लिएको र केही दिन यता साँझ हुन नपाउँदै घरघरमै आई मानिसलाई आक्रमण गर्ने, सडकमा गुड्ने मोटर साइकललाई बाटो छेक्ने जस्ता गतिविधि गरी चितुवाले आतंकित बनाउन थालेको थियो ।

चितुवाको आतंक बढेपछि डिभिजन वन कार्यालयले विभिन्न प्रविधिको प्रयोग गरेको थियो भने सुरक्षा निकाय समेत परिचालित थिए । स्थानीय बासिन्दा समेत घरेलु हातहतियार सहित चितुवा नियन्त्रणका लागि जंगल पसे पनि सफलता मिलेको थिएन् ।

भानु-३ दोरदोरका महिलाहरु आइतबार दिउँसो जंगलमा घाँस दाउरा गर्न जाँदा जंगलमा मरेर केही गनाएको थाहा भएपछि वडा अध्यक्ष तथा अन्य स्थानीयलाई खबर गरी हेर्दा चितुवा मरेको अवस्थामा भेटिएको भानु- ३ का वडा अध्यक्ष दल नारायण श्रेष्ठले बताए ।चितुवाको डरले साँझ नपर्दै घर भित्रै दिसापिसाव गरी त्रासको वातावरणमा बस्नुपर्ने र दिउँसोको समयमा घाँसदाउरा, पानी पधेरो, मेलापात, विद्यालय जान आउन पनि त्रासको वातावरण अब अन्त्य भएको अध्यक्ष श्रेष्ठले बताए ।

मरेको चितुवा डिभिजन वन कार्यालय तनहुँले गाडीमा हालेर चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई देखाउँदै हिड्को थियो । स्थानीय बासिन्दा चितुवा मरेको देखेपछि राहतको अनुभूति गर्दै, अब चितुवाको त्रास अन्त्य भयो भन्दै हजारौको संख्यामा हेर्नेको भीड लागेको थियो ।

चितुवाले यही मंसिर १५ गते साँझको समयमा भानु-२ को ढल्केवरका १० वर्षीय अमृत गुरुङ, कात्तिक २९ गते भानु(४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्साल, गत वर्ष फागुन १ गते भानु-३ का दोरदोरटारका बालक विशाल श्रेष्ठको ज्यान लिएको थियो ।

वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु जस्ता कारण तथा वन्यजन्तु र मानिस बीच जाग्ने बदलाको भावनाका कारण मानिस र चितुवा बीच द्वन्द्व बढ्दै गएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।जंगलमा मृत अवस्थामा भेटिएको चितुवाको शव परीक्षण भेटेरिनरी तथा पशु विज्ञ केन्द्र तनहुँमा गरी मृत्युको कारण पत्ता लगाइने छ ।

तस्बीर ः सामाजीक संजालबाट

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment