साझा पार्टीले जिल्ला र महानगर संयोजक घोषणा गर्ने

पोखरा ।

साझा पार्टीले कास्कीजिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गर्ने भएको छ । भदौ २८ गते शनिबार जिल्ला र महानगर संयोजक घोषणा कार्यक्रमको आयोजनागरिएको साझा पार्टी गण्डकीले जनाएको छ ।

जिल्ला र महानगर संयोजक घोषणाका लागि पार्टी संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीयस्तरका नेताहरु पोखरा आउने भएका छन् । पार्टीको केन्द्रीय सदस्यको रुपमाभर्खरै मात्र आबद्ध भएकीमिस नेपालअर्थ२०१८ प्रियासिग्देलपनि यो कार्यक्रममाविशेष वक्ताको रुपमाआउँदैछिन् । यस्तो खालको औपचारिक कार्यक्रममामिस नेपाल अर्थसिग्देललाई पार्टीले पहिलोपटक पोखरामा सहभागी गराउँदैछ ।

‘संगठन विस्तार अभियानअन्तरगतहामीअहिले जिल्लास्तरिय संयोजक घोषणा अभियानमा छौँ । र, यहीबीचमापोखरामामहानगर संयोजकपनि घोषणा गर्दैछौँ । नजिकिरहेको कास्कीनिर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनकालागिपनिजिल्ला र महानगर संयोजक घोषणाले अर्थ राख्छ ।’ साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले भने ।

गण्डकी प्रदेशअन्तरगत साझा पार्टीले हालसम्मनवलपुर जिल्ला संयोजक घोषणा गरिसकेको छ । त्यस्तै सोहीजिल्लाको देवचुलीनगरपालिकाको संयोजकपनि घोषणा गरिसकेको छ । कास्कीको जिल्ला र महानगर संयोजक घोषणासँगै पार्टीलेअसोज ३ गते गोरखाजिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

गण्डकी प्रदेशअन्तरगतका ११ वटै जिल्ला र स्थानियनिकायहरुमा चाँडै नै संगठन विस्तार गर्ने गरि तयारी भएको संयोजक महेश भण्डारीले बताए ।