गण्डकी खवर र गण्डकी संबादको नियमित श्रृंखला आजबाट दोस्रो बर्षमा प्रबेश

पोखरा ।

गण्डकी रेडियो नेटवर्कद्धारा सञ्चालित गण्डकी खवर र गण्डकी संबादको नियमित श्रृंखला आजबाट दोस्रो बर्षमा प्रबेश गरेको छ । देश संघीयतामा गएसँगै स्थापित संघ, प्रदेश र स्थानीय सरकार सहित गण्डकी प्रदेशभरिका गतिबिधीलाई समेट्दै जनतालाई सत्य, तथ्य र बिश्वसनीय समाचार मार्फत् सु–सुचित गराउने उदेश्यका साथ स्थापित गण्डकी रेडियो नेटवर्क आजवाट दोस्रो बर्षमा प्रबेस गरेकोे हो ।

नेटवर्कले पहिलो बर्ष पुरा गरेको अवसरमा नवलपुरको कावासोतीमा रहेको सामथ्र्य एफ एम का प्रवन्ध निर्देशक एवं गण्डकी रेडियो नेटवर्कका संयोजक सागर पोख्रेलले गण्डकी प्रदेशका ९ जिल्लामा रहेका ११ वटा ब्यवसायिक रेडियोलाई गण्डकी रेडियो नेटवर्कमा आवद्ध गरी नियमित एकैपटक एकैखाले खवर तथा सामाजिक र जनचासोका बिषयबस्तुमा आधारीत भएर गरिने सरोकारवालाहरुसँगको कुराकानी, छलफल र संबाद मार्फत् स्रोताहरुको मन जित्न सफल भएको बताउनुभएको छ ।

वहाँले संचारको क्षेत्रमा गण्डकी प्रदेशमा यो पहलकदमी पहिलो भएको दावी गर्दै प्रदेशभरीका जनतालाई दक्षिणी जिल्ला नवलपुरदेखि, उत्तरी जिल्ला मनाङसम्मका जनतासम्म सुचनाको पहुँच पुर्याउन पाएकोमा खुसी ब्यक्त गर्दै यसलाई अझ प्रभावकारी वनाउन नेटवर्क मा आवद्ध रेडियोहरु , श्रोता , बिज्ञापन दाता, गण्डकी प्रदेश सरकार, स्थानिय निकाय, विभिन्न संघ–सस्था, सञ्चारकर्मी सबैमा धन्यवाद सहित रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्नुभएको छ ।

त्यस्तै, गण्डकी रेडियो नेटवर्कका सचिव कमल बरालले दोस्रो बर्ष प्रबेशसँगै आज पोखराको रेडियो कास्कीमा आयोजना गरिएको सञ्चालकहरुको छलफलपछि कार्यक्रमलाई अझ लोकप्रिय र सबैको पहुचमा पुर्याउनका लागी ११ वटै जिल्लाका रेडियोलाई समेट्दै लैजाने योजना रहेको बताउनुभयो । गण्डकी रेडियो नेटवर्कद्धारा सञ्चालित गण्डकी खबर, गण्डकी हाईलाईट्स र गण्डकी संबाद नवलपुरको कावासोतीमा रहेकोे सामथ्र्य एफ.एम संगै युनाईटेड एफ.एम. तनहु, रेडियो कास्की पोखरा, गल्याङ एफ.एम. स्याङ्गजा, पञ्चासे एफ.एम. पर्वत, माछापुच्छे्र्र एफ एम पोखरा, रेडियो म्याग्दि म्याग्दी, ढोर बाराही एफ एम दुलेगौंडा, भिमाद एफ एम भिमाद, रेडियो मनाङ मनाङ र रेडियो संकेत गैंडाकोटबाट एक्कै साथ सुन्न सकिने छ ।

गण्डकी खवर बिहान १० बजे र दिउँसो २ बजे, गण्डकी हाईलाईट्स दिउँसो ४ बजे तथा गण्डकी संवाद बेलुका साढे ७ बजे प्रसारण हुने गर्दछ । रेडियोको पहुँच अनलाईनमार्फत संसारभर भएपनि तरंगमार्फत प्रदेश ३ को चितवन, प्रदेश ५ को पाल्पा, गुल्मी लगायतका स्थानमा समेत प्रसारण पुग्ने गर्दछ ।