कांग्रेस कास्की सभापती केसीको स्वास्थ्यमा सुधार

पोखरा ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी स्वस्थ्य अवस्थामा सुधार आएको चिकित्सकले जनाएका छन । पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीको गत २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शल्यक्रिया गरिएको थियो ।

केसीको स्वास्थ्य लाभको कामना गर्दै कांग्रेसका शिर्ष नेता, नेकपा कास्कीका नेता र कांग्रेसका कार्यकर्ता, शुभ चिन्तकहरु केसीलाई भेट्न जाने गरेका छन । केसीको स्वास्थ्य लाभको कामना गर्न कांग्रेस बरिष्ट नेता रामचन्द्र पौडेल,पूर्व उपसभापति गोपालमान श्रेष्ठ,पूर्व मन्त्री मीन विश्वकर्मा, कांग्रेस केन्द्रिय सदस्य, जीवन परियार कांग्रेस नेता शुक्रराज शर्मा लगायतका नेताहरु पुगेका थिए ।

यता प्रदेश सांसद बिन्दु कुमार थापा, राजीव पहारी, दीपक कोइराला लगायतका नेताहरु अस्पतालमै पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी सहितको टोलीले केसीको स्वास्थ्य अवस्था बुझेका थिए ।

त्यसैगरि नेपाल प्रेश युनियनका अध्यक्ष नविन सिग्देल सहितको टोलीले अस्पतालमै पुगेर सभापती केसिको स्वास्थ्य लाभको कामना गरेको थीयो । केसीको स्वास्थ्य लाभका लागि देश र विदेशबाट पनि स्वास्थ्य लाभको कामना आउने क्रम जारी रहेको उहाँका छोरा सरोज केसीले जानकारी दिनुभयो ।

नेता केसीकोे वरिष्ठ शल्य चिकित्सक डा. नरेन्द्र गुरुङले सफल शल्यक्रिया गरेका हुन् । केसीलाई अझै दुई–तिन दिन अस्पतालमै राख्नु पर्ने बताइएको छ । उपचारमा रहनुभएका सभापति केसीले आफ्नो उपचार सहयोग गरेका चिकित्सकप्रति धन्यवाद व्यक्त गरेका छन ।