महोत्तरीमा आगलागी हुँदा जलेर एकको मृत्यु

पोखरा । महोत्तरीको एकडारा गाउँपालिका ५ बैरामा बुधबार बिहान आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ४ बजे आगो लाग्दा जलेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२५ वर्षीया शान्तिदेवी साहको मृत्यु भएको डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । आगलागीको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको खड्काले बताए । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको छ ।

त्यस्तै जलेश्वर नगरपालिका ७ स्थित बख्री चोकमा बसमा आगलागी भएको छ । आगलागीबाट ना ८ ख ३३१६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ । बस बेल्डिङ मर्मत गर्ने क्रममा आगलागी भएको हो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment