अध्ययनकालागि‘साइप्रस’जाने विद्यार्थीहरुकालागि सेमिनार

पोखरा ।

ज्ञान करिअर इन्स्टिच्यूटप्रालिले अध्ययनकालागि साइप्रस जानचाहने विद्यार्थीलाई लक्षितगर्दै शैक्षिकसेमिनारको आयोजना गरेको छ । सृजनाचोकस्थितआफ्नै कार्यालयमाभदौ २७गते शुक्रबार सेमिनार हुने कम्पनीले जनाएको छ ।

निशुल्क रुपमाहुने सेमिनारमा साइप्रसको शिक्षानीति, अध्ययनकालागिलाग्ने प्रकृया, शुल्क र त्यहाँको बसाईको बिषयमाजानकारी दिईने ज्ञान इन्स्टिच्यूटकी संचालक अकृजा पोखरेलले जानकारी दिईन् । ‘नेपालबाट बैदेशिकअध्ययनमाजानचाहने विद्यार्थीहरुकालागि साइप्रस गज्जबको गन्तब्यहो । सामान्यनतिजाभएकाविद्यार्थीहरुलाई पनि साइप्रसले स्विकार गर्छ । र, साइप्रस जानकालागिकुनै पनिखालको भाषा परिक्षादिईरहनु पनि पर्दैन ।’ पोखरेलले भनिन्–‘विद्यार्थी र अभिभावकहरुलाई यो सेमिनारमा अझै विस्तृतमाबुझाईनेछ । त्यसैले यो मौका नगुमाउनुहोला ।’

कमशुल्कमा यूरोपियन स्टान्डर्डको अध्ययन गर्न पाईने भएपछि पछिल्लो समय नेपालीविद्यार्थीहरु साइप्रसतर्फ आकर्षित भैरहेका छन् । साइप्रस जानकालागिविद्यार्थीहरुले झन्झटिलो प्रकृयाबाट गुज्रनुपर्दैन । ‘साइप्रस यूरोपियनयुनियनको सदस्य राष्ट्र हो । तर विद्यार्थीहरु अध्ययनकालागि साइप्रस जाँदाआइईएलटिएस गर्न नपर्ने, इन्टरभ्यूकालागिदिल्लीसम्मपुग्ननपर्ने व्यवस्था गरिएको छ । जसले गर्दा विद्यार्थीलाई सजिलो हुन्छ ।’ इन्स्टिच्यूटकी संचालकपोखरेलले भनिन्–‘र, विद्यार्थीलाई भिसाको ग्यारेन्टी पनि हुन्छ ।’

ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले चाइनिज, जापानिज, जर्मन, आइईएलटिएस जस्ता भाषाकाकक्षाहरु संचालनगर्दै आएको छ । त्यस्तै शैक्षिक परामर्शदाताकम्पनीको रुपमा इन्स्टिच्यूटले अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिकासँगै डेनमार्क, फ्रान्स, जर्मनी, पोल्याण्ड, माल्टा लगाएतका यूरोपियनमुलुकमाजाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।