काँग्रेस जागरण अभियान वृक्षरोपण र अन्तक्र्रिया गरी शुभारम्भ

पोखरा ।

नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीले पोखरा १४ मा वृक्षरोपण गरी जनजागरण अभियान शुभारम्भ गरेको छ ।

गण्डकी प्रदेशसभा सदस्य सरीता गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षेत्र नं १ का सभापति बिर्जमान गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, क्षेत्रीय उपसभापति मायादेवी तझ्या लगायतले बोेलेका थिए ।

नेपाली काँग्रेस क्षेत्र नं १(ख)का सभापति कृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १४ का सभापति बोधराज कार्कीले स्वागत, बोधराज बरालले धन्यवाद ज्ञापन र सचिव दिवस कुँवरले सञ्चालन गरेका थिए ।

उता नेपाली काँग्रेस क्षेत्र नं १(क) कास्कीले पनि वृक्षरोपण र अन्तक्र्रिया कार्यक्रम गरी अभियान शुभारम्भ गरेको छ । पोखरा २६ सिलिङ्गेस्थित वीपी कुञ्जमा वृक्षरोपण र रुपा ५ देउरालीमा अन्तक्र्रिया गरिएको हो ।

केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेता प्रकाशमोहन खनाल, जिल्ला सदस्य नारायणकुमार श्रेष्ठ, क्षेत्रीय सचिव प्रेमकुमार श्रेष्ठ, पोखरा २६ का इकाइ सभापति कृष्णमोहन भट्टराई, रुपा ५ की इकाइ सभापति अप्सरा श्रेष्ठले बोलेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस क्षेत्र नं १(क)का सभापति शरदराज सुवेदीको अध्यक्षतामा भएको थियो ।