कास्कीमा भरुवा बन्दुक, विभिन्न गोली सहित ४ जना पक्राउ

पोखरा ।

माछापुच्छ्रे गाउँपालिका २ स्थित घलेखर्क र खम्राङबाट कास्की प्रहरीले भरुवा बन्दुक र विभिन्न गोली सहित ४ जना पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यलय बगरबाट प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा गएको टोलीले ४ जनालाई भरुवा बन्दुक, त्यसमा लाग्ने बारुद र विभिन्न गोलि सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका २ बस्ने बम बहादुर तामाङ, गम बहादुर तामाङ, कृष्ण बहादुर तामाङ र मिम बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुक, १६ थान लाईभ राउण्ड, २७ थान सर्ट गनको खोका, एकर एक थान भरुवा बन्दुकको बट र नाल साथै बरुद र छर्रा समेत बरामत गरेको जनाएको छ ।

पक्राउ परेका सबै जनालाई कास्की प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।