लमजुङको भुलभुलेमा सिभिल बैँकको एटीएम

पोखरा ।

सिभिल बैँकले आफ्नो एटीएम विस्तार गरेको छ । बैँकले लमजुङको भुलभुलेमा नयाँ एटीएम सञ्चालनमा ल्याएको हो । सो एटीएमको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरे ।

एटीएम उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैँकको गण्डकी प्रदेशका प्रदेश प्रमुख समीर केसी, सो क्षेत्रका राजनैतिक व्यक्तिहरु, उद्योगी, व्यवसायी र सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको थियो ।
करिब ९६ शाखावाट सेवा प्रदान गर्दै आएको सिभिल बैँकले भुलभुले सहित बैँकको कुल एटीएम संख्या ६३ पुगेको जनाएको छ ।