राप्रपा महानगरको उपाध्यक्षमा मनिष केसी मनोनित

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पोखरा महानगर कार्यसमितिको उपाध्यक्षमा मनिष केसी नियुक्त भएका छन् । केसीको नियुक्तिसँगै राप्रपाको पोखरा महानगर कार्यसमितिले पुर्णता पाएको छ । मोतीमान शाक्यको अध्यक्षतामा रहेको कार्यसमितिले केसीलाई उपाध्यक्षको रुपमा नियुक्त गरेको हो ।

नियुक्तिसँगै आगामी दिनमा राप्रपाको राजनीतिमा आफूले सक्ने हरेक खालका योगदान दिन तयार भएको केसीले प्रतिक्रिया दिए । ‘राप्रपावृद्धहरुको मात्रै पार्टी हो भन्ने खालका कुराहरु आउँछन् । यद्यपि पछिल्लो क्रममा पार्टीले युवाहरुलाई पनि उल्लेख्य रुपमा नेतृत्वदायी भुमिका दिईरहेको अवस्थामा अब राप्रपाले पुनः नेपाली मुलधारको राजनीतिमा गति लिने देखिएको छ ।

र, युवाहरुको सक्रियताले यो कुरा सम्भव पनि छ ।’ केसीले भने । राप्रपाका केन्द्रीय सदस्य जयलाल पुनले उपाध्यक्षमा मनोनित केसीलाई विशेष शुभकामना दिएका थिए । यस अगाडि राप्रपाको महानगर कार्यसमितिमा नुर मोहम्मद मियाँ उपाध्यक्ष थिए ।

विधानतःदुई जना उपाध्यक्ष हुनुपर्ने कार्यसमितिले केसीको नियुक्तिसँगै पुर्णता पाएको समितिका अध्यक्ष मोतीमान शाक्यले भने । ‘यो नियुक्तिसँगै अब महानगर कार्यसमितिले पूर्णता पाएको छ । र, आगामी दिनमा राप्रपाको प्रभाव यस क्षेत्रमा बढाउन अबका दिनमा हामी केन्द्रित हुनेछौँ ।’अध्यक्ष शाक्यले भने ।

राप्रपाको महानगर कार्यसमितिको अध्यक्षमा मोतीमान शाक्य, उपाध्यक्षमा नुर मोहम्मद मियाँ, मनिष केसी, सचिवमा रमेश त्रिपाठी, सहसचिवमा भीम नेपाली रहेका छन् । यस्तै महानगर कार्यसमितिको सदस्यहरुमा रत्नाखर आचार्य, प्रल्हाद गिरी, प्रदिप बैद्य, मानबहादुर भण्डारी, मिना सुवेदी, दया सागर, भीम नेपाली, झलक जलारी, खड्क बहादुर, देऊबहादुर पौडेल, रमण बस्नेत, नुरप्रसाद गौतम, भरत ढुंगाना, मोहन केसी र मानबहादुर भण्डारी रहेका छन् ।