पोखरा र कोरियाको ग्यान्वोन प्रान्त बिच साझेदारी सम्झौता

पोखरा ।

पोखरा महानगरपालिका दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्र बिच विश्व कार्वन फोरम २०१९ को अवसरमा साझेदारीमा सम्झौता भएको छ ।

सम्झौतामा नेपालको तर्फबाट पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको तर्फ बाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रको तर्फबाट प्रमुख कार्यकारी निर्देशक क्युङ्ग नाम सिनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार पोखरामा हरियालि सहितको यातायात पुर्वाधार निर्माणको परियोजनालाई महत्व दिइएको छ । स्मार्ट बातावरण मैत्री पर्यटन, स्मार्ट सहरका प्रविधिहरु, इ मोबिलिटी, बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान तथा पोखराको सँस्थागत विकासका लागि कार्य गर्ने बताइएको छ ।

हरित टेक्नोलोजी केन्द्रले यस अघि भुटान, युगान्डा लगायतका देशमा गरेका परियोजना सञ्चालन गर्दै आएको थियो । सम्झौता प्रश्चात तिनै पक्षले विश्वमा बढिरहेको कार्वन उत्पादन र हरित गृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

सम्झौता पछि बोल्दै पोखराका मेयर मान बहादुर जिसीले नेपालमा लगानी मैत्री बातावरण बनिसकेकाले ढुक्क संग लगानी गर्न आग्रह गर्दै नेपाल हरित गृह ग्यासको उत्पादन कम गर्न कटिबद्ध रहेको बताएका थिए ।

पोखरामा यो परियोजना सफल भएमा पोखराको यातायात गुरुयोजना तयार भै कार्यान्वयनमा समेत अगाडी बड्ने छ ।