पत्रकार ओमहमालको पक्षमा साझा पार्टी ः ‘हमाललाई नियोजित रुपमा फँसाउने काम भयो’

पोखरा ।

साझा पार्टी गण्डकीले पत्रकार ओम हमालको गिरफ्तारी नियोजित भएको भन्दै विरोध जनाएको छ । पार्टीले पत्रकार हमाललाई तत्काल रिहाई गर्नुपर्ने माग राख्दै पत्रकार महासंघले देशव्यापी चलाईरहको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको छ ।

साझा पार्टी गण्डकीका सँयोजक महेश भण्डारीले जारी गरेको प्रेस विज्ञप्तीमा लोकतन्त्रमा पनि व्यक्तिगत आस्थाका आधारमा एउटा पत्रकारलाई राज्यले बन्धक बनाउनु लज्जासपद् भएको उल्लेख छ । ‘वैयक्तिक स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो । तर व्यक्तिगत आस्थाका आधारमा टेकेर कोहीलाई बिना कारण दुख दिईन्छ भने त्यो पक्कै पनि सह्य हुँदैन । नेपाल पत्रकार महासंघ कास्की शाखाका पत्रकार ओम हमाललाई राज्यले यतिबेला यस्तै विभिन्न आरोपहरु लगाएर दुखदिईरहेको छ ।’

प्रेस विज्ञप्तीमा उल्लेख छ । जारी प्रेस विज्ञप्तीमा साझा पार्टीले राज्यले लोकतन्त्रको उपहास गरेर जनताले गरेका सँघर्ष र आन्दोलनको मजाक उडाएको बताएको छ । राज्य संचालनमा रहेका दलहरुले लोकतन्त्रको गलत अभ्यास गरिरहेको पार्टीको तर्क छ ।

‘यति सम्मकि राज्यले सम्मानित सर्वोच्च अदालतको समेत मान हानी गर्ने काम गरेको छ । र, यो सरासर राज्यको दमनहो ।’ साझा पार्टीले सँयोजक भण्डारीले भनेका छन् । साथै साझा पार्टी गण्डकीले सरकार चाँडै सच्चिएर अगाडि बढ्नुपर्ने धारणा समेत पेश गरेको छ ।