पुलिसलाई ाष्ट्रिय महिला भलिबलको उपाधि

पोखरा ।

विभागीय टिम नेपाल पुलिस क्लबले पोखरा आयोाजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भएको प्रतियोगितामा चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३—० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

मुख्य स्पाईकर प्रतिभा माली र लिब्रो सलिना श्रेष्ठ बिनाको मैदान उत्रिएको न्यू डायमण्डलाई पुलिसले सोझो सेटमा जितेको हो । उनीहरु राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका कारण प्रतिभा र सलिनाले प्रतियोगिता नखेलेकी हुन् । उनीहरुको ठाउँमा चोटका कारण खेल्न छाडेकी सिपोरा गुरुङलाई खेलाएको थियो । सिपोरा आठ वर्ष पछि मैदान उत्रीएकी थिइन् ।

पुलिसले न्यू डायमण्डमाथि पहिलो सेटमा २५—१६, २५—१४ र २५—२० को सेटमा हरायो । पुलिसले पहिलो पटक यस प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै पुलिसले १ लाख १ हजार ५५ रुपैया नगद सहित शिल्ड, ट्रफि र मेडल प्राप्त गरे । उपविजेता न्यू डायमण्डले ६५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भयो । तेस्रो स्थानको लागि भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३—० को सोझो सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो । गण्डकीले श्रीरामलाई २५—१३,२५—१६ र २५—१८ को सेटमा पराजित गर्यो । तेस्रो भएसँगै गण्डकीले नगद २५ हजार प्राप्त ग¥यो । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । विजयी खेलाडी खेलकुद मन्त्री जगत विक सहित अन्यले पुरस्कार प्रदान गरेका थिए ।