बेगनास तालसम्म फोर लेन सडक ः जिसी

पोखरा ।

पोखरा महानगरपालिका वडानं २७को तालचोक देखि बेगनास ताल सम्म फोर लेन सडक निर्माण हुने मेयर मानबहादुर जिसीले बताउनु भएको छ । अबको दुई बर्ष भित्र त्यहा सडक लाइट दुवै साइडमा फुटपाथ सहितको सडक निर्माण हुने बताउनु भयो ।

आज शिशुवामा आमासमूहहरु द्धारा आयोजित खुल्ला तीज गित प्रतियोगिताको उद्घाटन गर्दे मेयर जिसीले आफुले लेखनाथ र पोखराबासीको लागि खुशीको खबर लिएर आएको बताउनु भयो । उहाँले वल्ड बैकको आर्थिक सहयोगमा सडक निर्माण हुने बताउनु भयो । उहाँले सडक निर्माणको लागि फोर लेन सडकमा एक मात्र घर पर्ने हुदा त्यो पनि बार्ता र सम्बाद मार्फत समाधान गरिएको बताउनु भयो ।

झण्डै ३२ करोडको लागमा साढे ३ किलो मिटर निर्माण हुने भएको हो । मेयर जिसीले शुरुमा महानगर र वल्र्ड बैक विच सम्झौता हुने र पछि टेन्डर बाट ठेक्का दिइने बताउनु भयो । मेयर जिसीले अर्को तीजको प्रसंगमा तीज पर्व अब हिन्दु महिलाको मात्रै नभएर सवै जातजाति र सवै धर्म मान्नेहरुको साझा पर्व भएको बताउनु भयो ।

अब हिन्दु नभनेर नेपाली महिलाहरुको माहन पर्व भन्नुपर्ने बताउनु भयो । शिशुवामा रहेका चेतनशिल महिला समूह, लालुपाते तमु ( गुरुङ) समाज,जागृत महिला समुह,शिशुवा मिसा पुच र नव युगमगर समाजको संयुक्त आयोजनामा खुल्ला तीजगीत प्रतियोगिताको आयोजना गरिएको हो ।

कार्यक्रम संयोजक बुद्धीमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लालुपाते तमु ( गुरुङ) समाज आशामाया गुरुङले समावेशी रुपमा शिशुवामा तीज उत्सव मनाएको बताउनु भयो । समाजमा हरेक चार्डपर्व एक आपसमा मनाउदा सवै उत्सवहरु महोत्सव बन्ने गरेको भन्दै बा्रमणक्षेत्री, गुरुङ, मगर र नेवार समुदायका महिला समुहले संयुक्तरुपमा तीज प्रतियोगिता गरेर समाजमा राम्रो सन्देश दिएको बताउनु भयो ।