संचारकर्मी प्रकाश रसाईलीको ए सानु नरोउ नरोउ हेर गितको भिडियो सार्वजनिक (भिडियो सहित)    

 पोखरा /परिस्थितिले मायालुसँग सम्बन्ध छुटिएनी आँखाको आँसुबाट माया नपोखियोस भन्ने  चाहना जो कुनै सच्चा प्रेमीमा पक्कै हुन्छ । यस्तै भाव समेटिएको गीत लेख्दै आएका गीतकार प्रकाश रसाईली ले यसपाली हे सानु नरोउ नरोउ हेर गीत दर्शक श्रोतामा पस्किएका छन ।
माया छुटेपनि संसार हेरी चित्त बुझाउनुपर्ने , रोजेको र खोजेको सहजै प्राप्ति हुन नसकेको भाव,समाजमा व्याप्त पुरातन सोच , माया  गर्ने हरु प्रति हेरिने नकारात्मक सोच लाई गीतले यसरी भाव  पोखेको छ
मुनामदन छुटायो भोटले
हामी छुटयौ समाजको खोटले ।
गीतको सुरुदेखि अन्त्यसम्म सुन्दा माया प्रेममा विछोडिएपनि एक अर्कालाई सम्हालिन उत्प्रेरित गराएको संकेत भेटिन्छ । मन मुटु देखि सिर्जित सुन्दर रचनालाई  जादुमयी कर्णप्रीय स्वरकी खानी शान्ति श्री परियार र रबि गोतामे को स्वरले झनै प्रीय बनाएको छ ।
सुदिप सागर ले गीतमा एरेञ्ज गरेका छन भने गीतको म्युजिक भिडियो लाई प्रकाश भट्टले निर्देशन गरेका हुन  ।
ओबी रायमाझी ,अञ्जली अधिकारी र रमेश दर्नालको निकै राम्रो अभिनय म्यजिक भिडियोमा देखिन्छ ।
अग्रजहरुको साथ र माया लाई नजिकबाट पाएर लोकगीत संगीतको आकाशमा उदाउने प्रयास गरेका गीतकार प्रकाश रसाईली स्वयम आफैले यो भन्दा अगाडि ‘आँटो ढीडो ’गीतमा आफनै स्वर दिइसकेका छन  ।
बिगत ३ बर्ष यता संचार क्षेत्रमा प्रबेशिए सँगै लोकसाँगितिक यात्रामा पाईला चाल्न झनै उत्प्रेरणा जागेको बताउने रसाईलीले  अरुले दिएका कथा बस्तुमा सजिलै शब्द उन्दै आएका छन ।
https://youtu.be/Ki_gQLJZu2c

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment