नारी जागरण अभियानले महिला कैदी वन्दीसँग दर खायो

पोखरा ।

तीजलाई रचनात्मक र सकारात्मक तरिकाले मनाउने व्यक्ति विच्छे तरिका फरक फरक होलान् । सवैले एउटै तरिकाले तीजलाई मनाउदैनन् । नारी जागरण अभियान गण्डकी प्रदेशले अन्य भन्दा केहि फरक तरिकाले तीजलाई मनाएको छ ।

अभियानले विभिन्न परिस्थिती, परिवन्ध र वाध्यताले जेलमा कैदा भुक्तान गरिरहेका महिला कैदी वन्दीसँग सामुहिक दर खाएर रमाईलो गरी मनाएको छ । अभियानले तीज पर्व सवै महिलाको समान पर्वका रुपमा रहेकाले वन्दी जिवन विताएका महिलाहरुको पनि उत्तिकै उल्लासको पर्व भएकाले सँगै दरखाने कार्यक्रम संचालन गरेको अभियानकी संयोजक अभियान्ता अन्जु क्षेत्रीले वताईन् ।

कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले परिस्थिती र परिवन्धले वन्दी भए पनि यसलाई सुधारगृहको रुपमा सोचेर सकारात्मक कामका मन लैजान अनुरोध गरिन् । उनले भनिन्–“जेल पर्ने सवै अपराधी हुदैनन् म पनि राजनितिक आस्थाका कारणले वन्दी जिवन विताएकी थिए त्यसैले यहा भित्र हुनु भनेको आफुलाई कमजोर सोच्नु होईन ।” उनले सवै वन्दीहरु आफ्ना छोरी वहिनी समान भएकाले जितकै अवसरमा दरखुवाउन पाउँदा निकै खुशी लागेको धारणा राखिन् ।

यस्तै प्रदेश सासद गायत्री गुरुङले जानेर नजानेर गरेका गल्तीहरुमा पश्चाताप नगर्न अनुरोध गरिन् । उनले भनिन्–“हामी जानेर गल्ती गर्दैनौ तर गल्ती भईहाल्छ त्यसम पश्चाताप गर्नु भन्दा सकारात्मक काममा ध्यान दिएर समाज रुपान्तरण सहभागि हुन जरुरी छ ।”

अभियानले तीजमा हुने विकृती रोक्ने भन्दै प्रदेश सरकार र स्थानिय सरकारलाई ज्ञापनपत्र वुझाउदै होटल तथा रेष्टुरेण्टहरुमा एक महिना अगाडी देखी हुने तिजको नामको भोज भतेर वन्द गर्न अनुरोध गरेको थियो । सोहि अनुसार तीज सवैको हो भन्ने जानकारी दिन सवैलाई अनुरोध गर्दै अभियानले रचनात्मक तरिकाले तिजलाई मनाएको पनि संयोजक अभियान्ता अन्जुले जानकारी दिईन् ।