रेडियो हेमजाको आयोजनामा हुने बृहत तिज महोत्सव, तयारी अन्तीम चरणमा

पोखरा ।

रेडियो हेमजा ८८.५ मेगाहर्ज पोखरा २५ हेमजाले आयोजना गरेका बृहत तीज महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव यही भाद्र १४ र १५ गते हेमजा मिनि मार्केट, हेमजा मिलनचोकमा हुनेछ ।

हेमजा संचार सहकारी संस्था लि.दवाारा संचालित रेडियोले नेपाली नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा बृहत तिज महोत्सवको आयोजना गरेको हो ।

सम्वृद्धिका लागि कृषि र पर्यटन विषयक उक्त तीज महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, हास्य कलाकारको प्रस्तुती, घैटो फुटाउने प्रतियोगिता आदि रहेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय, तिृतीय र सान्तवना स्थान प्राप्त गर्ने समुहले क्रमशं २० हजार, १५ हजार, १० हजार, ५ हजार र उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभुषाले २÷२ हजार प्राप्त गर्ने छन् । त्यस्तै दर्शक दिर्घबाट नृत्य गर्नेलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने े कार्यक्रम संयोजक विष्णु बाँस्तोलाले जानकारी दिइन ।

महोत्सवको मुख्य प्रायोजनको रुपमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश रहेकोमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रर्वद्धकको रुपमा रहेको छ । त्यस्तै विशेष सहयोगीमा पोखरा महानगरपालिका वडा नं. २५ को वडा कार्यालय, जन्मथलो हेमजा र कर्मथलो अमेरीका बनाएकाहरुको संस्था हेमजा वयल फेएर सोसाईटी, यू.एस.ए र यशोदा फुड्स प्रा.लि रहेका छन् ।