विन्ध्यवासिनीमा सदस्य छनौट

पोखरा ।

वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विमा विद्यालय व्यवस्थापन समिति गठनका लागि ३ जना सदस्य छनौट भएका छन ।

मंगलवार विद्यालयमा आयोजित अभिभावक भेलाले गुरुदत्त भट्टराई , यदुनाथ वञ्जरा र महिला सदस्यमा हिराकुमारी अधिकारीलाई चयन गरेको विद्यालयका सुचना अधिकारी राम व. वाँनियाले जानकारी दिनुभयो ।छनौट भएकालाई पोखरा महानगर शिक्षा महाशाखा अधिकृत जीवन रेग्मी, पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पोखरा महानगरपालिकाको शिक्षा नियमावलीमा अभिभावक मध्येवाट ३ जना सदस्य छनौट गर्नुपर्ने प्रावधान छ ।

यसअघि भेलामा वोल्दै विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष चन्द्रा थापाले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर वढाउन र भौतिक विकास गर्न कुनै कसर वाँकी नराखेको स्पष्ट पार्दै महेन्द्र गुफा र चमेरे गुफाको वृहत विकासका लागि गुरुयोजना अनुसार कामलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

भेलामा पोखरा महानगर शिक्षा महाशाखा अधिकृत जीवन रेग्मी, पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष उदय व. बस्नेत , प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सुचना अधिकारी राम व. वाँनियाले सहजीकरण गर्नुभएको थियो ।विद्यालयको ७२ वर्षे इतिहासमा महिला अध्यक्ष भएर कुशलतापुर्वक कार्य सम्पन्न गरेको यो पहिलो पटक भएको वताईएको छ ।