विद्यालय स्तरिय तीज गीत प्रतियोगिताको तयारी पुरा

पोखरा ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको आयोजना एवं शान्ती निकेतन विद्यालयको सह– आयोजना र व्यवस्थापनमा हुन लागेको विद्यालय स्तरिय तीज गीत प्रतियोगिताको तयारी पुरा भएको कार्यक्रम संयोजक एवं प्रतिष्ठान कास्कीका प्रवक्ता परशुराम अधिकारीले जानकारी दिनुभयो ।

नेपाली मौलिक कला संस्कृतिको संरक्षण सम्बर्धन विद्यार्थीहरु माझ तीजका भाका एवं नेपाली गीत संगीत प्रति अभिरुची बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ , यसबाट विद्यार्थीहरु उत्साहित भएको शान्ती निकेतन विद्यालयका संस्थापक प्रिन्सीपल महेश्वर पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न १५ वटा विद्यालयले सहभागीता जनाउने बताईएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तिृतीय र सान्तवना स्थान प्राप्त गर्ने समुहले क्रमशं ५ हजार, ३ हजार, २ हजार, १ हजार नगद तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगीता यही भाद्र १३ गते शान्ती निकेतन विद्यालय पोखरा प्रस्याङ्गमा विहान १० बजेबाट शुरु हुनेछ ।

प्रतियोगिताको समुद्घाटन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रीए अध्यक्ष वर्तमान प्रमुख संरक्षक प्राज्ञ प्रजापती पराजुलीले गर्ने तय भएको र उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती, हास्य व्यङ्ग प्रस्तुती समेत रहने कार्यक्रम संयोजक एवं प्रवक्ता परशुराम अधिकारीले जानकारी दिनुभयो ।