पर्यटन मन्त्री भट्टराईद्धारा पोखरा अन्तर्रा्िष्ट्रय विमानस्थलको निरिक्षण, ४५ प्रतिशत काम सकियो

पोखरा ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफु मन्त्री भएपछि पहिलोपटक निरीक्षण गर्नुभएको छ ।मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनामा ढिलाई नगर्न आग्रह गर्दे यो विमानस्थल कास्कीको मात्रै नभएर देशकै लागि महत्वपुर्ण हुने बताउनु भयो ।

मन्त्री भट्टराईले ठुला आयोजनाहरु निर्धाती समयमा सम्पन्न हुदैन भन्ने अन्तराष्ट्रिय क्षेत्रमा नेपालको राम्रो सन्देश नगएको बेला पोखरा अन्तराष्ट्रिय विमानस्थल भने निर्धारत समयम भन्दा ६ महिना अगाडि सम्पन्न हुने बताउनु भयो ।

मन्त्री बनेपछि पहिलो पटक पोखरा आउनु भएका मन्त्री भट्टराईले सन २०२०को डिसेम्बर सम्म विमानस्थल निर्माण सम्पन्न गरे चिनियाँ कम्पनी सिएएमसीका प्रतिनिधि र निर्माण लागेकाहरुलाई रथारोहण गराउने बताउनु भयो । सवै तह विच समन्वमा विमानस्थलको काम भइरहेको मन्त्री भट्टराईले बताउनु भयो ।

सन् २०२२ सम्मको सम्झौता भए पनि ६ महिनाअगावै काम सकिने
कम्पनीका आयोजना प्रमुख इन्जिनियर विनेश मुनाकर्मीले बताउनु भयो । स्थानीयले जग्गाको उचित मुआब्जा नपाएको गुनासो गरेपछि मन्त्री भट्टराईले स्थानीय तह प्रदेश संग समन्वय गरेर केही न केही ब्यबस्था हुने बताउनु भयो ।