प्रारम्भिक शिक्षा कार्यक्रका लागि जिल्ला स्तरिय समन्वय समिति गठन

पोखरा ।

कास्की जिल्लामा संचालन भै रहेको राष्टिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका लागि जिल्ला स्तरिय समन्वय समिति गठन गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई कास्की मातहत जिल्लामा संचालित कार्यक्रम प्रभावकारी सगै उपलब्धी मुलक वनाउन र अनुगमन गर्नका लागि जिल्ला स्तरिय नै सदस्य एक समिति गठन गरिएको हो ।

समितिको संयोजकमा शिक्षा बिकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायण प्रसाद सुवेदी रहनु भएको छ भने समितिको सदस्यहरुमा गैर सरकारी संस्थाहरुको तर्फवाट प्रतिनिधी पदम पहारी, शिक्षक महासंघका बोधराज पौडेल, पोखरा महानगरपालिका शिक्षा शाखा प्रमुख गंगा बहादुर गुरुङ, विद्यालय ब्यवस्थापन समितिहरुको तर्फवाट प्रतिनिधी राज कुमार गिरी, शिक्षा बिकास समिति तथा कार्यक्रम अधिकृत लोकनाथ आचार्य, बिषय बिज्ञ कृण्ण प्रसाद खतीवडाm पत्रकारका तर्फवाट गोरखापत्र दैनिकका कास्की समाचारदाता तारा चापागाई सदस्य र सदस्य सचिव तथा फोकल पर्सन बबिता शर्मा रहनुभएको ९ सदस्य समिति गठन भएको छ ।

गठित समितिले राष्टिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्र्तगत कक्षा १ देखी ३ सम्म सामुदायिक बिद्यालयमा पढने बिद्यालयमा अनुगमन गर्नेछ । समितिको चालु वर्षको पहिलो बैठक सोमवार वसेको थियो । बैठकले कार्यक्रमको अनुगमन र फलो अफ गर्ने सगै समितिको अर्को बैठकमा कार्यक्रमका वारे विस्तृत छलफल गर्ने निर्णय गरेको थियो ।

बैठकमा बिशेष अतिथीको रुपमा सहभागि हुनु भएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर क्षेत्री, समितिका संयोजक नारायण प्रसाद सुवेदी, बिषय बिज्ञ कृण्ण प्रसाद खतीवडा, गैससका प्रतिनिधी पदमराज पाहारी लगायतले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई प्रभावकारि ढंगले संचालन गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रम मार्फत पढाई सिप, शिक्षण सिकाईमा सुधार, पढाईकाल लागि अभिभावक, परिवार र समुदायको सहभागितामा बृद्धि कसरि गर्न सकिन्छ त्यसमा समेत सबैको ध्यान जानुपर्नेमा समेत उहाहरुले जोड दिनुभएको थियो ।

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कक्षा १ देखि ३ सम्म पढने सामुदायिक बिद्यालयका सम्पुर्ण बिद्यार्थीको पढाइ शिप सुभार गर्नका लागी यु.एस.ए.आइ.डी नेपालको सहयोगमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालयबाट सञ्चालित पञ्चवर्षिय परियोजना हो । यो नेपाल सरकारको बिद्यालय क्षेत्र बिकास योजना अन्र्तगत रहेको एउटा महत्वपुर्ण कार्यक्रम हो । नेपालका १६ जिल्लाका सामुदायिक बिद्यालयहरुमा प्रारम्भिक कक्षा प्रारम्भिक कक्षा पढाइ लागू भएको छ ।