सृजना मा.वि.मा गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पोखरा ।

पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत भाद्र ९ गते सोमबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक गणित हाजिरीजवाफ प्रतियोगिता तहगत रूपमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा माध्यमिक तह (कक्षा ९ र १०) बाट निलो सदन, रातो सदन र हरियो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने आधारभूत तह (कक्षा ६ देखि ८) बाट रातो सदन, निलो सदन र पहेलो सदनले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

यसैगरी आधारभूत तह (कक्षा ३, ४ र ५) बाट निलो सदन, पहेलो सदन र रातो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको कुरा विद्यालयका एकेडेमिक डिन इन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

सम्पूर्ण बिजेता विद्यार्थीहरूलाई बधाई दिनुका साथै बिजेताको प्रमाणपत्रद्वारा सम्मान गरिएको कुरा विद्यालयका शिक्षक तथा मिडिया इन्चार्ज विष्णुप्रसाद सुवेदीले जनाएका छन् ।