हाम्रो पोखराले गर्यो अन्तर्राष्ट्रिय रंगशालाको लागि सहयोग


पोखरा
सामाजिक युवाहरुको एकता ,समाज परिवर्तनमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सामाजिक संजाल फेसबुक मार्फत स्थापित हाम्रो पोखरा गु्रपले धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माण हुन लागीरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग गरेको छ ।


च्यारिटी शो, साँस्कृतिक कार्यक्रम, आर्थिक रकम सङ्कलन, जस्ता विभिन्न कार्यक्रम संचालन गरेर उठेको रकमबाट उक्त फाउन्डेसनलाई सहयोग स्वरुप रु ५५५५५ (अक्षरुपि पचपन्नहजार पाँचसय पँचपन्न) सहयोग गरेको हो । हाम्रो पोखराका अध्यक्ष सुबास आचार्यको संयोजकमा १२ जनाको टोलिसहित कार्यक्षेत्र रंगशालामै पुगेर शनिवार धुर्मुस–सुन्तली फाउन्डेसनका प्रतिनिधि चन्द्रा खड्कालाई उक्त रकम हस्तान्तरण गरेका हुन्।


हाम्रो पोखराले बिगत २ बर्षदेखि पोखरा लगाएतका विभिन्न क्षेत्रहरुमा गरिव–बिपन्न तथा बृद्धआश्रम लगायत बिद्यालयहरुमा विभिन्न सहयोकका साथै बिभिन्न समयमा सचेतनामुलक कार्यक्रम समेत गर्दै आइरहेको छ ।