पुष्पाञ्जलीको तीज मेला भदौँ ११ मा

पोखरा ।

महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि ले आयोजना गरेको ती मेला भदौँ ११ मा हुने भएको छ ।

हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान भन्ने मन्त्रका साथ इन्द्रेणी एकीकृत बिकास केन्द्रको सह—आयोजनामा भदौँ ११ गते देखि १७ गते सम्म पुरानो टुडिखेल ( बगर—१ ) मा मेला आयोजना हुन लागेको हो ।

वाइवाइ चाउचाउको प्रस्तुतीमा आयोजना हुने मेलाको तयारी तिव्र पारिएको पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लिका प्रमुख शोभा गौतमले जानकारी दिएकी छिन् ।

महिला दिदबहिनीहरुको श्रृजना तथा उद्यमशिलतालाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप तीज किनमेल मेलाको आयोजना गर्न लागिएको हो । जहाँ महिला दिदीबहिनीहरुको लागि चाहिने सम्पुर्ण सामग्रीहरुको बृहत प्रदर्शनी हुने छ ।

मेलाका आकर्षणहरुमा तीज विशेष सामग्रीहरुको प्रदर्शनी, तीज फेशन शो, महिलाहरुको लागि निस्शुल्क फोटो सुट, तीज विशेष सांस्कृतिक कार्यक्रम, तीज फुड फेस्टिवल, तीज विशेष खुल्ला गायन प्रतियोगिता साथमा अन्य विशेष प्रस्तुतीहरु रहने छन् ।