काँग्रेस सभापति देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने, गण्डकी प्रदेशस्तरीय प्रशीक्षणको तयारी पुरा

पोखरा ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने भएका छन् ।

काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा महाधिवेसन प्रतिनिधिका लागि आयोजित गण्डकी प्रदेशस्तरीय प्रशीक्षणको उद्घाटन गर्न देउवासहित शीर्षनेता पोखरा आउने भएका हुन् ।

उनीसँगै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द« निधि महामन्त्री सशांक कोइराला,कृष्ण सिटौला लगायतका नेताहरु आउने भएका छन् । कार्यक्रम कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ बिरौटास्थित बराल पार्टी प्यालेसमा बिहान साढे १० बजे सुरु हुनेछ ।

कार्यक्रम गण्डकी प्रदेशका ४ सय जनाभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता हुने काँग्रेस जिल्ला सभापति कृष्ण केसीले बताए । केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पदाधीकारीहरु पोखरा आईसकेका छन ।

गण्डकी प्रदेशका ११ जिल्लाका महाधिवेशन प्रतिनिधि पोखरा आउने क्रम शुरु भएको छ । गण्डकी प्रदेशस्तरीय प्रशीक्षणको सम्पुर्ण तयारी पुरा भएको जिल्ला सदस्य नविन सिग्देलले वताए ।